३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाइबल र पैसा बोकेर धर्म प्रचार गर्ने दुई विदेशीसहित ५ जना दाङबाट पक्राउ

११ बैशाख २०७६, बुधबार १०:४७

बैशाख ११, दाङ | बाइबल र पैसा बोकेर गाउँशहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गरेको अभियोगमा प्रहरीले आज घोराहीबाट दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । 

घोराही बजारस्थित होटेल डोकोबाट अमेरिकी नागरिक  सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, सङ्खुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका हुन् । 

उनीहरुका साथबाट बा१३प ३१९६ स्कार्पियो गाडी, बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा बाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभलगायत सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विक्रम शाहले जानकारी दिए ।

पक्राउ परेकामध्ये तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले बताए । 

अमेरिकी महिलाको राहदानी रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौँलाई चिठ्ठी लेखेको उनले जानकारी दिए । 

गाउँमा धर्म प्रचार गर्ने र मानिसलाई आर्थिक तथा उपचारको प्रलोभन देखाई धर्म परिवर्तन गराउने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । केही दिनअघि दुई जापानी महिलालाई पनि धर्म प्रचारमा हिँडेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ