४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा जीप र मोटरसाइकल ठोक्किदा ५ जना घाइते

११ बैशाख २०७६, बुधबार १४:५८

वैशाख ११, गुल्मी । गुल्मीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । छत्रकोट गाउँपालिका-४ अन्र्तगत श्रृङ्गामा लु२च १७ नम्बरको पिकअप जीप र लु१२प २९७६ नम्बरको मोटरसाइकल एक आपसका ठोक्दिा मोटरसाइकल र जीप चालकसहित ५ जना घाइते बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


गुल्मीदरवार गाउँपालिको गांैडाकोटवाट रुरु गाउँपालिका अन्र्तगत बलेटक्सारमा डिजल लिनका लागि जाँदै गरेको जीप र पिपल नेटावाट लुम्छातर्फ आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक छत्रकोट गाउँपालिका-४ निवासी शालिकराम पन्त, मुसिकोट नगरपालिका-४ का ताराबहादुर रासकोटी, रेसुंगा नगरपालिका २ का गोपाल पोख्रेल, मालिका गाउँपालिका-६ का वसन्त पराजुली र मालरानी गाउँपालिका-४ अर्घाखाँचीका दिलिप केसी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतहरुको अहिले स्थानीय श्रृङ्गा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । विपरीत दिशाबाट तीब्र गतिमा आइरहेको मोटरसाइकललाई बचाउने क्रममा उक्त दुर्घटना हुन गएको जीप चालक ताराबहादुर रासकोटीले प्रहरीसमक्ष बताएका छन् । दुर्घटना भएको उक्त जीप सडकवाट दुई सय मिटर भन्दा तल खसेको श्रृङ्गा प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ