2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विप्लवका कार्यकर्ता धरौटीमा रिहा

बैशाख ११, पर्वत । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसङ्गठन दलितमुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक धरौटीमा रिहा भएका हुन् । 

अनुसन्धानका लागि थुनामा रहेका ३५ वर्षीय विष्णु परियारलाई बुधबार पर्वत जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

पर्वतको कुश्मा नगरपालिका–८ घर भएका परियारलाई कुश्मा नगरपालिका–१२ ठूली पोखरीबाट गत चैत १७ गते जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको थियो । 

ठूलीपोखरी लगायतका क्षेत्रमा सङ्गठन विस्तार गर्दै हिँडेको आरोपमा विष्णु परियारलाई अस्थायी प्रहरीचौकी ठूलीपोखरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

पर्वत प्रहरीले परियारलाई विप्लव नेतृत्व नेकपाको सक्रिय कार्यकर्ता रहेर राज्य विरुद्धको गतिविधि गरेको आरोपमा हिरासतमा राखी सरकारी वकिल कार्यालय पर्वतबाट राजद्रोह मुद्दा दर्ता गराएको थियो । 

जिल्ला अदालत पर्वतका न्यायधीश सूर्यबहादुर थापाको इजालसले उनलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ