२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

विद्युतीय धराप थापेको आरोपमा ५ जना पक्राउ

२०७६, ११ बैशाख बुधबार १५:२२

बैशाख ११, बुटवल । विद्युतीय धराप थापेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर थापा, तिलोत्तमा नगरपालिका– ११ का २६ वर्षीय उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, २८ वर्षीय कृष्ण राना र ४० वर्षीय अमर पुन रहेका छन् ।   

बँदेल मार्न विद्युतीय धराप थापेको र धरापमा परी मृत्यु भएका व्यक्तिको शवलाई खाल्डोमा गाडी घटना लुकाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

यही वैशाख १ गते राति बँदेल मार्न थापेको विद्युतीय धरापमा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका– ११ का ४५ वर्षीय मीनबहादुर गोतामे क्षेत्रीको मृत्यु भएको हो । 

नजिकैको गाउँमा सांस्कृतिक कार्यक्रम हेरेर फर्कंदै गरेका गोतमे एक सातासम्म घर नफर्केपछि उनको परिवारले खोजविनका लागि प्रहरीमा निवेदन दिएको थियो । 

क्षेत्रीको शव आज प्रहरीले उत्खनन गरी निकालेको छ । उनको शव नजिकैको जङ्गलमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक हृदय थापाले बताए । 

सोधपुछका क्रममा उनीहरुले घटना स्वीकार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते