२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

अर्चलेमा पहिलोपटक बस पुग्यो

२०७६, १२ बैशाख बिहीबार ०८:५०

वैशाख १२, बेझाड  |  निस्दी गाउँपालिका–६ को अर्चलेमा पहिलोपटक बस पुगेको छ । पश्चिमाञ्चल बस व्यवसायी समितिद्वारा सञ्चालित लु१ख ४६९७ नंको बस बुधबार पहिलोपटक पुगेको हो । 

गाउँमा पहिलोपटक बस पुगेपछि बस चालक र समितिका पदाधिकारीलाई यहाँका स्थानीयवासीले खुशी हुँदै स्वागत गरेका थिए । बालबालिकादेखि युवायुवती, वृद्धवृद्धा बस आएको देखेपछि खुशीले उत्साहित हँुदै हेर्नेको ठूलो भीड रहेको होम राई मगरले बताउनुभयो ।

पुलबजार, डियाङ्बारी, चिदिया, अर्चले बजारलगायतका विभिन्न ठाउँका स्थानीयवासीले गुडिरहेको बस रोकेर स्वागत गर्न पुगेका थिए । साँघुरो र अप्ठ्यारो सडक रहेकाले साना सवारीसाधन गाउँमा पुगे पनि ठूला गाडी लैजान नसकिएको वडाध्यक्ष मेखबहादुर सुनारीले बताउनुभयो । “परीक्षणका रुपमा पहिलोपटक गाउँमा बस ल्याइएको छ, अब छिट्टैै सडक सुधार गरेर नियमित बस सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ”, अध्यक्ष सुनारीले भन्नुभयो ।

पूर्वखोला गाउँपालिका–१ सिलुवा हटिया बजारबाट ११ किलोमिटर दक्षिणी भेगमा अवस्थित अर्चलेमा दैनिक एक जिप सदरमुकामबाट दिउँसो १ बजे र अर्चलेबाट सदरमुकामका लागि बिहान ८ बजे छुट्ने गर्दछ । नियमित बस सेवा सञ्चालन भएको खण्डमा यहाँका स्थानीयवासीलाई आवतजावतमा सहज हुनेछ । गाउँघरमा उत्पादित कृषिजन्य सामग्री बजार पु¥याउन र बजारका सामान गाउँमा लैजान बस सेवा शुरु गरेपछि सजिलो हुने स्थानीयवासीले आशा गरेका छन् । 

‘रिमिघा महोत्सव’

पर्यटकीय, धार्मिक एवम् ऐतिहासिक रिमिघा लेकको पर्यटन विस्तार गर्न रिमिघा लेक सांस्कृतिक महोत्सव हुने भएको छ । 

 रम्भा गाउँपालिका वडा नं २ को फोक्सिङ्गकोट र ३ को पिपलडाँडाको माथिल्लो भागमा अवस्थित यस रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएकाले महोत्सव आयोजना गर्न लागिएको हो ।

रम्भा गाउँपालिकाको आयोजनामा आउँदो वैशाख ३० गते रिमिघा लेकमा हुने बृहत् साँस्कृतिक महोत्सवको तयारी भइरहेको छ । 

रिमिघाको पर्यटन विकास, प्रचार प्रसार गर्न र यसको धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्व सबैमा अवगत गराउन रिमिघा महोत्सव आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

महोत्सवका अवसरमा सरकारले एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचीकृत गरेको रम्भा देवी मन्दिर दर्शन गराएर रिमिघाको लेकमा पर्यटक लैजाने गरी तयारी भइरहेको छ ।

प्रसिद्ध रम्भादेवी मन्दिर देखि दक्षिणतिर लगभग दुई देखि साढे दुई किलोमिटरको दुरीमा रिमिघा लेक पर्छ । 

पूर्वपट्टी फोक्सिङ्गकोटको झोकेदी, पश्चिपट्टी पिपलडाँडाको माथिल्लो घोङ्गसिङ्ग, उत्तरतर्फ फोक्सिङ्गकोटको बोरोङ्गसे, नम्टाहा, दक्षिणपट्टी फोक्सिङ्गकोटकै झोकेदी भाग रिमिघा लेकसंग जोडिएको छ । 

रिमिघा लेकमा करिव ३४ मिटरको क्षेत्रफलमा सुरुङ्ग जस्तो आकारमा रहेको गुफा, परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेको घरको आकार, नौतुनामा हिडेको रेल, पोखरा बजारको दृश्य दुरबिनमार्फत हेर्ने व्यवस्था महोत्सवको बिशेष आकर्षणको रुपमा रहेको छ । 

त्यस्तै रम्भा गाउँपालिकामा उत्पादित कृषिजन्य तथा हस्तकलाका सामग्री महोत्सवमा प्रर्दशन गरिनेछ । 

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी अध्यक्ष रहेको एक सय एक महोत्सव मुल आयोजक समिति गठन गरेर प्रचार प्रसारको काम अगाडि बढाइएको छ । 

समुन्द्री सतहदेखि एक हजार सात सय ९४ मिटरको उचाईमा रहेको यस रिमिघा लेक धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्यता, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको सुन्दर र रमणीय क्षेत्र हो ।

 यहाँ जोगी गुफा, देश हेर्ने ढुङ्गा, विशाल चउर, टुँडीखेल, ईनार, भुरे राजाले बनाएको घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिका देवी मन्दिर लगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरु रहेका छन् ।

यहाँबाट उत्तरतर्फ रहेका अग्ला अग्ला अन्नपूर्ण तथा धौलागिरी हिमश्रृंखलाका दृश्यहरु अवलोकन गर्न पाइन्छ । तलतिर नागबेली आकारमा बहेको कालीगण्डकीको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । 

रिमिघा लेकमा पाल्पा, स्याङ्गजा लगायतका विभिन्न स्थानका आन्तरिक पर्यटकहरु घुमफिर गर्न, वनभोजन कार्यक्रमका निम्ति पुग्ने गरेका छन् । पछिल्लो समय रिमिघा लेक आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ ।

अत्यन्त सुन्दर र समथर भुमीमा अवस्थित यस रिमिघा लेकमा पौराणिक समयमा राजा तथा ऋषिमुनिहरुले तपस्या गरेको धार्मिक मान्यता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने