२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा खानेपानीको अभाव

२०७६, १३ बैशाख शुक्रबार ०९:०५

वैशाख १३, महोत्तरी (रासस) |  गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । 

वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि स्थानीयबासी पानीका लागि व्याकुल भएका स्थानीय सञ्चारकर्मी अमृतकुमार महतोले बताउनुभयो । अहिले इनारमा पानी आउँदैन, जसका कारण पानी अभावले सबैभन्दा गृहिणीलाई समस्या भएको महतोले जनाउनुभयो । 

विसं २०६८ मै स्थानीय जगदेव महतोले गाउँमै ओभरहेड ट्याङ्की निर्माणका लागि निःशुल्क तीन कट्ठा जग्गादान गरेका थिए । गाउँलेले शुद्ध पानी सुलभरुपमा पाउनुपर्छ भन्ने उद्देश्यले महतोले रु २१ लाख मूल्य बराबरको घडेरीनै पानी ट्याङ्की निर्माणका लागि दिनुभयो । उपभोक्ता समितिको आन्तरिक विवादका कारण आफूले जग्गादान गरेको वर्षौं बितिसक्दा समेत सोको उपलब्धि हासिल हुन नसकेको जग्गादाता महतोले गुनासो पोख्नुभयो । गाउँमा पानीको हाहाकार हुँदा पिउने पानीका लागि कसैले भौँतारिनुपर्ने स्थितिको अन्त्य गर्न र जीवनको उतरार्धमा पुण्य कमाउन आफूले जग्गादान गरेको तर त्यसको लाभ जनताले लिन नसकेकामा महतोले चिन्ता व्यक्त गर्नुभयो । 

उपभोक्ता समितिभित्रको विवादका कारण स्थानीयले खानेपानी पाउन नसकेको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जय महतोले स्वीकार गर्नुभयो । डिप बोरिङ, ओभरहेड ट्याङ्क, मुख्य पाइपलाइनको काम भइसकेको छ । शाखा पाइपलाइन विस्तार, बोरिङमा मोटर जडान र विद्युत्को मिटर जडानको काम पूरा हुन बाँकी छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं २ जलेश्वर महोत्तरीका इञ्जिनीयर सुरेन्द्र शर्माका अनुसार समितिले काम गर्न नसक्दा रु २५ लाख कार्यालयको खातामा थन्किएको छ । “काम गरेर बिल भर्पाई पेश गरे तुरुन्त भुक्तानी हुनेछ तर, समितिले न काम गरेको छ न त कार्यालयलाई काम गराउन उपभोक्ता समितिले लिखित निर्णय गरेर दिएको छ”, उहाँले भन्नुभयो । 

बर्दिबास नगरपालिका–९ का अध्यक्ष टेकवीर रखालले विवाद साम्य पारी स्थानीयको घरघरमा धाराको पानी पु¥याउन कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो । खानेपानी योजना अलपत्र परेपछि पशुपतिनगरका ५८७ घरधुरीका करीब दुई हजार ९६८ जनसङ्ख्या प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ