९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सामुदायिक विद्यालयप्रति बढ्दो आकर्षण

१३ बैशाख २०७६, शुक्रबार १०:३२

वैशाख १३, प्यूठान | अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि यहाँका एक सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको छ । 

प्यूठान नगरपालिका–८ बाग्दुलास्थित जनता माध्यमिक विद्यालयले नर्सरीदेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन थालेपछि अहिले निजी विद्यालय छाडेर पढ्न आउने विद्यार्थीको सङ्ख्या ह्वातै बढेको हो । निजी विद्यालयबाट आएका विद्यार्थीलाई लिएको प्रवेश परीक्षा उतीर्ण भएपछि मात्र सो विद्यालयले भर्ना लिने गरेका छन् । जिल्लाको नमूना मानिने यस सामुदायिक विद्यालयमा बिहीबारसम्म स्थानीय निजी विद्यालयबाट १५० भन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल भएको विद्यालयले जनाएको छ । 

प्रवेश परीक्षा दिने विद्यार्थीमा अधिकांश बोर्डिङ स्कूलबाट आएको प्रधानाध्यापक इन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो । “विगत वर्षदेखि नै अङ्ग्रेजी माध्यमबाट पढ्न चाहने विद्यार्थीलाई मध्यनजर गरी अध्यापन कार्य शुरु गरेका छाँै ।” उहाँल भन्नुभयो, “अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरु भएपछि जनता माध्यमिक विद्यालयमा बोर्डिङका विद्यार्थीको आकर्षण बढेको हो ।”

“सरकारी विद्यालयमा पढने छोराको चाहना र सरकारी विद्यालयमा पढेका विद्यार्थीलाई सरकारले विभिन्न छात्रवृत्ति र उच्च शिक्षामा सहुलियत दिने भएकाले छोरालाई सरकारी विद्यालयमा भर्ना गर्न परीक्षामा सामेल गराएकीे छु”, प्यूठान नगरपालिका, ७ पुण्यखोलाका प्रवेश नेपालीका आमा लक्ष्मी नेपालीले भन्नुभयो । 

विगतमा सामुदायिक विद्यालयबाट बोर्डिङ जाने विद्यार्थीको सङ्ख्या बढ्दो थियो तर अब अङ्ग्रजी माध्यमबाट शिक्षण शुरु भएपछि बोर्डिङ छोडेर सरकारी विद्यालयमा आउने सङ्ख्या बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहराज शर्माको भनाइ छ । उहाँका अनुसार अङ्गे्रजी माध्यमको साथमा विद्यालयको भौतिक, मानवस्रोतलगायत उचित शैक्षिक वातावरण तयार गर्दै लगिएको छ । 

तालीम प्राप्त शिक्षक, उचित शैक्षिक सामग्री, सुविधा सम्पन्न भवन, प्राविधिक शिक्षासहितको शैक्षिक वातावरण बने सामुदायिक विद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता