२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अख्तियारद्वारा शिखर इन्सुरेन्सका दुई जना घुससहित पक्राउ

२०७६, १३ बैशाख शुक्रबार १३:४१

वैशाख १३, वीरगञ्ज (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले आज वीरगञ्जको प्रतीमा चोक नजिक रहेको शिखर इन्सुरेन्स कम्पनी लिमिटेडमा दुईलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले सेवाग्राहीसँग काम गराइदिने भन्दै लिएको रु ३१ हजार नगदसहित काउन्टरमा रहेका रोशन रौनियार र सुनिल यादवलाई नियन्त्रणमा लिएको हो । उक्त टोलीले सो काउन्टरमा रहेका महत्वपूर्ण कागजात नियन्त्रणमा लिनुका साथै यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिका फाइल नियन्त्रणमा लिएको जनाएको छ । 

रौनियार र यादवले गत फागुन १८ गते हुने स्काभेटरको ट्रायलमा पास गराइदिने भन्दै रु ७० हजार घुस लिएका थिए । ट्राइलमा फेल भएपछि सारुले अख्तियारमा उजुरी दिएको सो कार्यालयका निमित्त प्रमुख रामअयोधी रामले बताउनुभयो । पक्राउ गरिएका दुवैलाई बरामद भएको रकम र कागजातसहित आवश्यक कारवाहीका लागि हेटौँडा लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते