२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बस दुर्घटनापछि मिनि ट्रकमा आउन थाल्यो तरकारी

२०७६, १४ बैशाख शनिबार ०९:४३

सम्राट सिंह । बैशाख १४, बझाङ । बसको छतभरी तरकारी तथा अन्य व्यापारीक सामानहरु आउने बझाङमा बुधबार बाट मिनि ट्रक तथा मिनिट्रक भित्रिन थालेका छन । गत बुधबार धनगढी बाट बझाङका लागि हिडेको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटना भएपछि प्रहरीले यात्रुबाहक बसमा सामानहरु ढुवानी गर्न रोक लगाएपछि व्यापारिक सामानहरु ट्रकहरुमा ढुवानी हुन थालेको हो ।


सुदूरपश्चिमका पहाडि जिल्लाहरुमा बसहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने, व्यापारिक सामानहरु ढुवानी गर्ने, चालकले मदिरा सेवन गरी यातायातका साधनहरु चलाउने प्रवृतिले नै दुर्घटनाहरुमा बृद्घि भइरहेको पाइएको छ । 

बझाङका धेरै जसो व्यापारीहरुले बसहरुमा नै सामान ढुवानी गर्ने गरेको र बसहरुमा सामान ढुवानी गर्न रोक लगाएपछि जिल्लामा तरकारीको अभाव भएको थियो । तरकारी लगायत दैनिक उपभोग्यका सामानहरुको अभाव हुन थालेपछि जिल्लाका धेरै जसो व्यापारीहरुले ट्रकहरु बुकिङ्ग गरी सामानहरु ढुवानी गरिरहेका छन ।

बसमा तरकारी लगायत अन्य सामानहरु ढुवानी गर्न रोक लगाएपछि बुधबार बाट जिल्लाका व्यापारीहरुका सामानहरु ट्रकहरुमा ढुवानी हुन थालेको उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । प्रहरीले धनगढीबाट पहाडतिर आउने सबै बसहरु कडाइका साथ चेकजाँच गरी क्षमता भन्दा बढी यात्रु तथा व्यापारिक सामानहरु ढुवानी गर्नेलाई कारबार्हि गर्नुपर्ने उनको भनाइ छ ।

धनगढी तथा महेन्द्रनगरबाट पहाड जाने बसहरु पटक पटक दुर्घटना हुँदा समेत ट्राफिक प्रहरीले पनि दुर्घटना भएको एक दुई साता मात्र जेकजाँच कडा पार्ने र पछि कारबार्हिको नाममा १ हजार जरिवाना मात्र गर्ने प्रवृति हटाई क्षमता भन्दा बढी सामानहरु भए कडा कारर्बाहि गरे दुर्घटनामा कमी आउने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला