२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बस दुर्घटनापछि मिनि ट्रकमा आउन थाल्यो तरकारी

१४ बैशाख २०७६, शनिबार ०९:४३

सम्राट सिंह । बैशाख १४, बझाङ । बसको छतभरी तरकारी तथा अन्य व्यापारीक सामानहरु आउने बझाङमा बुधबार बाट मिनि ट्रक तथा मिनिट्रक भित्रिन थालेका छन । गत बुधबार धनगढी बाट बझाङका लागि हिडेको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटना भएपछि प्रहरीले यात्रुबाहक बसमा सामानहरु ढुवानी गर्न रोक लगाएपछि व्यापारिक सामानहरु ट्रकहरुमा ढुवानी हुन थालेको हो ।


सुदूरपश्चिमका पहाडि जिल्लाहरुमा बसहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने, व्यापारिक सामानहरु ढुवानी गर्ने, चालकले मदिरा सेवन गरी यातायातका साधनहरु चलाउने प्रवृतिले नै दुर्घटनाहरुमा बृद्घि भइरहेको पाइएको छ । 

बझाङका धेरै जसो व्यापारीहरुले बसहरुमा नै सामान ढुवानी गर्ने गरेको र बसहरुमा सामान ढुवानी गर्न रोक लगाएपछि जिल्लामा तरकारीको अभाव भएको थियो । तरकारी लगायत दैनिक उपभोग्यका सामानहरुको अभाव हुन थालेपछि जिल्लाका धेरै जसो व्यापारीहरुले ट्रकहरु बुकिङ्ग गरी सामानहरु ढुवानी गरिरहेका छन ।

बसमा तरकारी लगायत अन्य सामानहरु ढुवानी गर्न रोक लगाएपछि बुधबार बाट जिल्लाका व्यापारीहरुका सामानहरु ट्रकहरुमा ढुवानी हुन थालेको उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । प्रहरीले धनगढीबाट पहाडतिर आउने सबै बसहरु कडाइका साथ चेकजाँच गरी क्षमता भन्दा बढी यात्रु तथा व्यापारिक सामानहरु ढुवानी गर्नेलाई कारबार्हि गर्नुपर्ने उनको भनाइ छ ।

धनगढी तथा महेन्द्रनगरबाट पहाड जाने बसहरु पटक पटक दुर्घटना हुँदा समेत ट्राफिक प्रहरीले पनि दुर्घटना भएको एक दुई साता मात्र जेकजाँच कडा पार्ने र पछि कारबार्हिको नाममा १ हजार जरिवाना मात्र गर्ने प्रवृति हटाई क्षमता भन्दा बढी सामानहरु भए कडा कारर्बाहि गरे दुर्घटनामा कमी आउने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य