२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

आगलागीबाट जोगाउन ३ सय सुरक्षित घर बनाइँदै

२०७६, १४ बैशाख शनिबार ११:३४

बैशाख १४, राँझा । वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । 

६ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो ।

बाँके क्षेत्र नं १ का सङ्घीय सांसद महेश्वरजङ्ग गहतराज (अथक) को अध्यक्षतामा हालै सम्पन्न सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले नरैनापुर गाउँपालिकामा ३०० वटा टिनले छाएको घर बनाउने निर्णय गरेको हो ।

पाँच नं प्रदेशकै पिछडिएको गाउँपालिकामा सूचीकृत उक्त गाउँपालिकाको प्रत्येक वडामा ५० वटाका दरले छ वटा वडामा ३०० बनाउनका लागि  प्रत्येक वडाले यसै हप्ताभित्र १० दिने सूचना जारी गरी निवेदन माग गर्ने र मापदण्डअनुसार ३०० घर छनोट गरी कार्यक्रम अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए । 

सङ्घीय सांसद गहतराज संयोजक रहेको उक्त समितिमा जिल्ला समन्वय समितिको सभापतिमा अजय श्रीवास्तव तथा सदस्यहरूमा गाउँपालिका अध्यक्ष अध्यक्ष साह र सङ्घीय आयोजना कार्यान्वयन एकाइ प्रमुख अथवा आयोजा प्रमुख रहेका छन् । 

सदरमुकाम नेपालगञ्जदेखि करीब ४० किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको उक्त गाउँपालिकामा अधिकांश घर फुसले छाएका छन् । 

फुसको छाना भएका बस्तीमा एक घरमा आगो सल्किदा गाउँनै ध्वस्त हुने समस्या रहेकाले फुसको छानो हटाउने अभियानमा लागेको सांसद गहतराजले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते