खोटाङमा सरकारी साधनको दुरुपयोगको पराकाष्टा : सिक्न समेत सरकारी सवारी

Posted on: 28 Apr, 2019

चिसाङ शेर्पा खोटाङ, बैशाख १५, खोटाङ । खोटाङमा सरकारी साधनको दुरुपयोग झन् बढ्दो पाइएको छ । सरकारी साधनमा मोटरसाईकल वढी दुरुपयोग हुंदै आएको छ । कर्मचारी तथा जनप्रतिनिधिले नै सवारी साधन दुरुपयोग गरिरहेको खबरहरु मिडियामा आउँदा खोटाङमा एक वटा सरकारी मोटरबाईक युवालाई त्यतिकै कुदाउन र वालकलाई सिक्नमा प्रयोग गरेको पाइएको छ ।


आईतबार साँaaझ ६ बजेदेखी ६ ः २० सम्म दिक्तेलस्थित कर्म मन्दिर अगाडी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको वडा कार्यालय अगाडी बा २ ब ३६२७ नम्बरको सरकारी मोटरसाईकल दुरुपयोग भएको हो । एक फोटो स्टुडियो व्यवसायीले मोटरसाईकल दुरुपयोग गरेका हुन् । बाईकलाई कुदाउदै त्यहाँ ल्याएर मन्दिर अगाडी वरपर गरिरहेको पाइएको थियो । त्यसै क्रममा मन्दिर प्राङगणमा खेलिरहेका वालकलाई बाईकमा राखेर उनले पछाडीबाट धकेल्दै बाईक सिकाएको पाइएको थियोे । सिकाउने क्रममा मोटरसाकईकल कोल्टो परेर झण्डै दुर्घटना समेत भएको थियो ।

मोटरसाईकल दुरुपयोग भएको गस्तीमा खटेका प्रहरीले समेत देखेका थिए । प्रहरीले सोध्दा स्टाट बन्द भएर ट्राई गरेको भन्ने जवाफ आएको थियो ।

दुरुपयोग भएको मोटरसाईकलको पहिचान गरेर एक पटक चेतावनी दिने र नभएमा मोटरसाईकल जफत गरी जिल्ला प्रशासन कार्यालयमा राखिने प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए । सार्वजनिक विदामा सरकारी साधन दुरुपयोग भएको समाचारहरु विभिन्न सञ्चार माध्यममा यस अघि पनि पटक पटक आईसकेका छन् । तर दुरुपयोग गर्नेलाई कुनै कारवाही भएको छैन ।  सार्वजनिक विदामा सरकारी साधन चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने प्रावधान रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!