2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुरांसमा ३ दिने शैक्षिक तालिम सम्पन्न

शैक्षिक सत्र प्रारम्भसंगै निजी विद्यालयहरु विद्यार्थि भर्ना अभियान भन्दै अभिभावकहरुको घर घरमा जाने नयां कुरा होइन । विभिन्न आकर्षणका कुरा गर्दै विद्यार्थिहरुलाई आफ्नो बिद्यालयमा भर्ना गर्ने लहरबाट पछि हट्दै बागलुङ नगरपालिका वार्ड नं।३ गुठीमा रहेको गुरांस विद्या सदनले बुधबारदेखि आफ्ना शिक्षकहरुलाई तालिममा सहभागी बनाएको छ ।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव श्रोत विभागका अधिकृत राम प्रसाद शर्माले सहजिकरण गर्ने गरी गुरांस विद्या सदनले आफ्ना २६ जना शिक्षक तथा कर्मचारीहरुलाई शैक्षिक सुधार सम्बन्धि ३ दिवसिय तालिम संचालन गरेको छ । शुक्रबार साझ आयोजित तालिम समापन कार्यक्रमा सहभागीहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गर्दै प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले तालिममा सिकेका कुराहरु व्यवहारमा प्रयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नु भयो । उहांले शिक्षाको  विकास विना अरु विकास सम्भव नरहेकाले शिक्षाको विकासका लागी सबै लाग्नु पर्ने बताउदै शैक्षिक विकासका लागी आफुले जुन सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा गुरांस विद्या सदनका शिक्षक अभिभावक संघका अध्यक्ष राम बहादुर के।सी, प्रशिक्षक राम प्रसाद शर्मा, शिक्षक तेजेन्द्र शाहीले आफ्ना भनाई राख्दै शैक्षिक विकासमा निजी विद्यालयहरुले पु–याएको योगदानबारे चर्चा गर्दै तालिमले शिक्षकहरुलाई महत्वपूर्ण फाइदा भएको बताएका थिए । अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रिन्सिपल निसान खड्काले कार्यक्रम संचालन गर्दै विद्यालयले स्थापनाको १ बर्षको समयमा संचालन गरेका गतिविधीहरुबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ