सर्लाहीमा इनारमा खसेका एक व्यक्तिको पाँच दिनपछि जीवितै उद्धार

साझासवाल
1 Min Read

<p><b>वैशाख&nbsp;१६, सर्लाही ।</b>&nbsp; हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ । हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो ।&nbsp;</p><p>गत वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई आज ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ । रासस</p>

Share This Article
Leave a Comment

Leave a Reply