२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सरकार श्रमजीवी वर्गको पक्षमा : मुख्यमन्त्री पोखरेल

१८ बैशाख २०७६, बुधबार १५:२७

बैशाख १८, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार श्रमजीवी वर्गका पक्षमा रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड युनियन (जिफन्ट) र अखिल नेपाल टे«ड युनियन (अन्टुफ) ले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मजदूर वर्गको राजनीतिक संस्थाले मुलुकको नेतृत्व गरेकाले उनीहरुको जीवनस्तर सुधारका लागि काम गरिरहेको बताए । 

उनले भने, ‘श्रमिकको जीवनस्तर सुधारका लागि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको छ, यसको कार्यान्वयनपछि श्रमिकका समस्या समाधान हुन्छन् ।’

मुख्यमन्त्री पोखरेलले समाज परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको अर्थ नहुने भएकाले समाज परिवर्तनका लागि आ–आफ्ना क्षेत्रबाट लाग्न सबैलाइ आग्रह गरे । 

जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारको सामाजिक सुरक्षा योजना श्रमिकको हितमा रहेकाले रोजगारदातालाई छिटो सूचीकरण गर्न आग्रह गरे । 

नेकपाका नेता हकिकुल्लाह खाँ, गोपाल भट्टराई, जिफन्टका प्रदेश अध्यक्ष हरि कार्की, बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलगायतले श्रमिकको समस्याप्रति गम्भीर बन्न सरकारलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य