2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

इन्प्रेडको परियोजनामा युवा महिला आकर्षित

 प्लान नेपाल इन्टरनेश्नल र इन्प्रेड नेपालले जिल्लाका ३० वडामा आफ्नो परियोजना संचालन गरेको छ ।

संस्थाको परियोजनामा आवद्ध भएका किशोरी महिलाहरुले आयआर्जन, वित्तिय साक्षरता र सामाजिक उत्तरदायित्वबारे ज्ञान लिएका छन् । संस्थाको सहयोगबाट किशोरीहरुले कुखुरापालन, तरकारी खेती, व्यवसायीक तरकारी खेती, टनेल खेती गरेका छन् भने सहकारी पनि संचालनमा ल्याएका छन् ।

१७४ समुह, ३० संजाल, १६ सहकारी संस्थामा गरी तीन हजार ४ सय ४३ जना किशोरीहरु आवद्ध रहेको संस्थाका कार्यक्रम अधिकृत टुकप्रसाद शर्माले जानकारी दिए ।

हालसम्म संस्थाबाट १५० जनाले टनेल खेती, ३०० जनाले व्यवसायीक तरकारी खेती, ६०० जनाले कुखुरापालन , ६० जनाले उद्घोषण तालिम र २६० जनाले लेखा व्यवस्थापन तालिम लिएको संस्थाले जनाएको छ ।

त्यस्तै ६०० जनाले सहकारी सचेतना र व्यवस्थापन तालिम, १३५ जनाले छात्रबृत्ति र २३५ जनालाई सोलार प्यानल वितरण गरेको शर्माले बताए ।

त्यसमा किशोरीहरुलाई निशुल्क कम्प्युटर तालिम, वित्तिय साक्षरता तालिम, कृषि तथा कुखुरापालन सम्बन्धी तालिम, महिला हिंसा, बालविवाह न्यूनिकरण सम्बन्धी सचेतना जगाउँदै आएको संस्थाकाले जनाएको छ ।

संस्थाको परियोजनबारे भएको जिल्लास्तरीय अनुगमनबाट संस्थामा आवद्ध रहेका किशोरीहरुले गरेको काम सन्तोषजनक पाइएको छ । अधिकांश किशोरीहरु शुरुमा आफूहरुले केही नबुझेको र न जानेको भएपनि संस्थामा आवद्ध भएपछि आफूहरु सक्षम भएको प्रतिक्रिया दिएका छन् ।

संस्थाले संचालन गरेको परियोजना अन्तरगत कुश्मा नगरपालिका, फलेवास नगरपालिका, पैयूँ गाउँपालिका र विहादी गाउँपालिकाका ८ वडाको जिल्लास्तरीय अनुगमन गरिएको हो ।

संस्थामा लागेपछि परिवारको सहयोगमा व्यवसायिक कुखुरापालन शुरु गरेको फलेवास नगरपालिका ५ खानीगाउँकी सुविना सुनारले बताएइन । संस्थाले दिएको २० कोइलर कुखुराबाट शुरु गरेको कुखुरापालनबाट अहिले आफैले परिवारको सहयोगमा ७ सय कुखुरा पाल्न थालेको उनले बताइन ।

लगनशील युवा महिला समुहमा आवद्ध उनले संस्थाको परियोजना अन्तरगत समुह बनाएर आवद्ध हुनाले आयआर्जनको लागि धेरै नै मद्दत पुगेको बताइन ।

पैयू गाउँपालिका भोर्ले की गीता रानाले संस्थाकै सहयोगमा टनेल खेती गरेको बताइन । टनेल खेतीबाट आम्दानी राम्रो भएको उनले सुनाईन । संस्थाकै सहयोगमा टनेल खेती गरेकी हुँ, ५०÷६० हजार आम्दानी गर्न सफल भए उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ