३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा महिलाको नाममा भू–स्वामित्व बढ्दै

२१ बैशाख २०७६, शनिबार ११:४८

बैशाख २१, लमही । पछिल्लो समय महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको पाइएको हो । 

महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा छुट हुने भएपछि पछिल्लो समय महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको कार्यालय प्रमुख नरेश खड्काले बताए । 

उनका अनुसार चालू आर्थिक वर्षको चैतसम्म जम्मा सात हजार ६१२ को नाममा जग्गा पास भएकामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको हो ।

साउनमा ३७७, भदौमा २९२, असोजमा ३४२, कात्तिकमा २९४, मङ्सिरमा ४५४, पुसमा ५७३, माघमा ४५१, फागुनमा ५१२ र चैतमा ६०४ महिलाले आफ्नो नाममा जग्गा पास गरेका थिए । 

महिलाको नाममा जग्गा पास गर्दा सरकारले २५ प्रतिशत छुट दिएका कारण पनि यो सङ्ख्यामा वृद्धि भएको उनले बताए । सकारको नयाँ नीतिले महिलाको स्वामित्वमा पैतृक सम्पत्ति तथा किनबेच सम्पत्ति जोड्न सहज बन्दै गएको हो । 

आर्थिक वर्ष २०७४/७५ मा छ हजार १४ पुरुषको नाममा सम्पत्ति पास हुँदा पाँच हजार ८१९ महिलाको नाममा सम्पत्ति पास भएको थियो । आर्थिक वर्ष २०७५g७६ को साउनमा ३७७ महिलाको नाममा सम्पत्ति हस्तान्तरण, किनबेच तथा भागवण्डा हुँदा पुरुषको सङ्ख्या ३६७ छ । 

यसरी महिलाको नाममा जग्गा दर्ता हुँदा महिला हिंसा कमी हुने भएको महिला अधिकारकर्मी सुुष्मा लामिछानेले बताइन् । 

‘विगतमा पुरुषको नाममा जग्गा दर्ता हुँदा पुरुष हाबी हुने अवस्था थियो, यसले महिला हिंसा बढाएको थियो’, उनले भनिन्, ‘अहिले महिलाले आफ्नै नाममा जग्गा दर्ता गर्न थालेपछि उनीहरू थप सशक्त बनेका छन् भने महिला हिंसामा पनि कमी आएको छ ।’

सबै महिलाले यसरी नै जग्गाको स्वामित्व लिन थालेपछि महिला हिंसामा विस्तारै कमी हुँदै जाने उनको तर्क थियो । 

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्तिमा महिलाको समान हक हुने कुरा उल्लेख छ । विगतमा अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिला अग्रसरताको कमीका कारण उनीहरूको सम्पत्तिमा न्यून पहुँच रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ