2026-09-13 08:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा महिलाको नाममा भू–स्वामित्व बढ्दै

बैशाख २१, लमही । पछिल्लो समय महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको पाइएको हो । 

महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा छुट हुने भएपछि पछिल्लो समय महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको कार्यालय प्रमुख नरेश खड्काले बताए । 

उनका अनुसार चालू आर्थिक वर्षको चैतसम्म जम्मा सात हजार ६१२ को नाममा जग्गा पास भएकामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको हो ।

साउनमा ३७७, भदौमा २९२, असोजमा ३४२, कात्तिकमा २९४, मङ्सिरमा ४५४, पुसमा ५७३, माघमा ४५१, फागुनमा ५१२ र चैतमा ६०४ महिलाले आफ्नो नाममा जग्गा पास गरेका थिए । 

महिलाको नाममा जग्गा पास गर्दा सरकारले २५ प्रतिशत छुट दिएका कारण पनि यो सङ्ख्यामा वृद्धि भएको उनले बताए । सकारको नयाँ नीतिले महिलाको स्वामित्वमा पैतृक सम्पत्ति तथा किनबेच सम्पत्ति जोड्न सहज बन्दै गएको हो । 

आर्थिक वर्ष २०७४/७५ मा छ हजार १४ पुरुषको नाममा सम्पत्ति पास हुँदा पाँच हजार ८१९ महिलाको नाममा सम्पत्ति पास भएको थियो । आर्थिक वर्ष २०७५g७६ को साउनमा ३७७ महिलाको नाममा सम्पत्ति हस्तान्तरण, किनबेच तथा भागवण्डा हुँदा पुरुषको सङ्ख्या ३६७ छ । 

यसरी महिलाको नाममा जग्गा दर्ता हुँदा महिला हिंसा कमी हुने भएको महिला अधिकारकर्मी सुुष्मा लामिछानेले बताइन् । 

‘विगतमा पुरुषको नाममा जग्गा दर्ता हुँदा पुरुष हाबी हुने अवस्था थियो, यसले महिला हिंसा बढाएको थियो’, उनले भनिन्, ‘अहिले महिलाले आफ्नै नाममा जग्गा दर्ता गर्न थालेपछि उनीहरू थप सशक्त बनेका छन् भने महिला हिंसामा पनि कमी आएको छ ।’

सबै महिलाले यसरी नै जग्गाको स्वामित्व लिन थालेपछि महिला हिंसामा विस्तारै कमी हुँदै जाने उनको तर्क थियो । 

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्तिमा महिलाको समान हक हुने कुरा उल्लेख छ । विगतमा अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिला अग्रसरताको कमीका कारण उनीहरूको सम्पत्तिमा न्यून पहुँच रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन