2026-07-11 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

काफल बेच्दै वर्ष दिनको खर्चको जोहो गर्दै डोटीका स्कुले बालबालिका

2019-05-04

बैशाख २१, डोटी । पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार बढ्न थालेको हो ।

यहाँका गैरा, बुडर सहजपुर, चौरानब्बे, रुपसकाँडा, गोगनपानीलगायत बजार क्षेत्रमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास रु १० देखि रु २० सम्ममा बिक्री गरिरहेका भेटिन्छन् । 

यहाँका बालबालिका काफल हुने याममा वर्षैपिच्छे काफल सङ्कलन गरी बिक्री गर्दै आफ्नो स्कुलको पढाइखर्च जुटाउने गरेको गोगनपानीकी पवित्रा खत्री दाहालले बताइन् ।

उनले भनिन्, ‘केटाकेटीको स्कुल बिहान लाग्ने गरेकाले उनीहरू बिहान स्कुल जान्छन् र दिउँसोे जङ्गलमा गएर काफल टिपी ल्याउँछन् र साँझसम्म बेचेर स्कुलको खर्च तथा घर खर्च जुटाउन थालेका छन् ।’

यहाँका राजमार्गमा दिनहुँ सयांै गाडी ओहरदोहर गर्ने भएको र त्यत्तिकै मात्रामा यात्रु पनि आवतजावत गर्ने भएकाले बालबालिकाले सङ्कलन गरेका काफल बिक्रीमा समस्या नहुने गरेको स्थानीयवासी बताउँछन् । 

यहाँका राजमार्ग क्षेत्रमा काफल बेच्ने बिक्रेताले राम्रो आम्दानी गर्न थालेको जोरायल गाउँपालिका–२ स्थित रूपसकाँडाका भरत कुँवरले बताए । काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका अहिले काफल व्यवसायमा लागेका अर्का स्थानीयबासी ज्ञानु मल्लले बताइन् ।

उनले भनिन्, ‘आम्दानी पनि हुने घरको खर्चपनि चल्ने भएकाले बालबालिका काफल व्यवसायमा आर्कषित भएका हुन् ।’ काफल पाक्ने समयमा डोटीमा ठूलो मात्रामा असिना परेकाले जङ्गलमा योवर्ष खासै काफल नभएको स्थानीयवासी बताउँछन् । 

असिनाले वैशाखमा पाक्ने काफलमा ठूलो क्षति प¥याएका कारण काफल खोज्न अलि टाढाको जङ्गल जानुपर्ने र काफल टिप्न दिनभरी नै लाग्ने गरेको सहजपुरमा काफल बेच्दै आएकी मीना साप्कोटाले बताइन् । 

उनले भनिन्, ‘पहिलेको जस्तो काफल योवर्ष छैन सबै असिनाले झारिसक्यो, टाढा÷टाढा जानुपर्छ दिनभरीमा काफल टिपेर फर्किदा अबेर हुनेभएकाले अर्को दिन बेच्नुपर्ने हुन्छ ।’ यहाँका स्कुले केटाकेटीले शुक्रबार र शनिबार दिनभरीमा काफल टिपेर बिक्री गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित