Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महाकालीमा डुबेर सहायक लेखापाल बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>&nbsp;वैशाख २१, डडेल्धुरा ।</b> डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल&nbsp; महाकाली नदीमा नुहाउने क्रममा डुबेर आज बेपत्ता भएका छन् ।&nbsp;<br></p><p>गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल पाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताउनुभयो ।</p><p>&nbsp; बेपत्ता भएका लेखापालको खोजी भइरहेको प्रहरीले बताएको छ । गाउँपालिका जनप्रतिनिधिसहितका कर्मचारी वनभोज खान महाकाली नदी किनारमा गएका थिए । आज दिउँसो कीरब ३ बजेतिर सहायक लेखापाल पाल बेपत्ता भएका वनभोज खान महाकाली पुगेका कर्मचारीको भनाइ छ । रासस</p>