२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

जोखिमयुक्त संरचना हटाउन निर्देशन

२०७६, २१ बैशाख शनिबार १७:०८

वैशाख २१, बेत्रावती (रासस) | विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त अवस्थाका जोखिमयुक्त संरचना हटाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीलाई निर्देशन दिएको छ । 

विसं २०७२ वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका पराकम्पका कारण भौतिक संरचना गुमाएकालाई लाभग्राही कायम गरी नयाँ संरचना बनाउन अनुदान उपलब्ध गराउँदै आएकाले जोखिम संरचना हटाउन प्राधिकरणले ताकेता गरेको हो । प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा भौतिक पूर्वाधार) कार्यालयमार्फत भूकम्प प्रभावित ३२ जिल्लामा भूकम्पका कारण घर क्षति ब्यहोरेकालाई नयाँ घर बनाउन रु तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ ।

अनुदान लिएर नयाँ घर बनाएका लाभग्राहीले भूकम्पले जोखिम बनाएका संरचनामा अझैसम्म बसोबास गर्दा थप जनधनको क्षति हुनसक्ने भन्दै त्यस्ता संरचना ३५ दिनभित्र हटाउन लाभग्राहीलाई प्राधिरकणले समयसीमा दिएको हो । क्षतिग्रस्त र जोखिमयुक्त संरचनाको प्राविधिक जाँच गरेर त्यस्ता संरचना हटाउन एवं भत्काउन आदेश दिइसकेकाले कार्यान्वयनको चरणमा अघि बढेको एकाइका नुवाकोट प्रमुख बिकी लाखाले बताउनुभयो ।

उहाँको अनुसार प्राधिकरणले जारी गरेको सूचनाको अटेर गरेमा कार्यालयले नै हटाएर त्यसवापत लाग्ने खर्च सम्बन्धित घरधनीबाट असुल गर्ने कानूनी व्यवस्था रहेको छ । नुवाकोटमा भूकम्पका कारण क्षति पुगेका करीब ७६ हजार निजी आवासमध्ये हालसम्म ४४ हजारभन्दा बढी घर सरकारी अनुदानमा निर्माण सम्पन्न भएका छन् ।

नयाँघर निर्माण गरेका लाभग्राहीले हाल बनाएको घरमा बसोबासका लागि स्थान अभावलगायतका बाहनामा क्षतिग्रस्त संरचनाको भवन अझै प्रयोग गर्दै आएका अनुगमनमा पाइएपछि त्यस्ता संरचना हटाउन निर्देशन दिइएको हो । जिल्लामा करीब २० हजार घर जोखिम तथा क्षतिग्रस्त अवस्थाका रहेका अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने