२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लगानीमैत्री वातावरण बनाउन आग्रह

२०७६, २१ बैशाख शनिबार १७:२४

वैशाख २१, नवलपरासी (रासस) | प्रदेश नं ५ मा लगानीमैत्री वातावरण सृजन गर्न  प्रदेश सरकारले प्रभावकारी निति निर्माण गर्न जरुरी रहेको उद्योगी ब्यवसायीहरुले जोड दिएका छन् । पश्चिम नवलपरासीको परासीमा शनिबार आयोजित उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ द्वारा आयोजित दोस्रो साधारणसभामा सहभागी उद्योगी व्यवसायीले  यस्तो जोड दिएका हुन् । 

कार्यक्रममा प्रदेश नं ५ लाई समृद्ध र विकासतर्फ उन्मुख गराउन  प्रदेश सरकारले निजी क्षेत्रलाई पनि लगानीमैत्री वातावरण सिर्जना गर्नुको विकल्प नरहेकोे व्यवसायीले दाबी गरेका छन् ।

साधारणसभामा समग्र रुपमा उद्योगी व्यवसायीको साझा समस्या, अवसर र चुनौतीसहित स्वदेशी र विदेशी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा छलफल केन्द्रित भएको उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का संयोजक गुणनिधि तिवारीले बताउनुभयो ।


कार्यक्रममा प्रदेशको समृद्धि तथा विकासका लागि निजी क्षेत्रलाई पनि प्रदेश सरकारले हातेमाले गर्नुपर्ने भएकाले यसका लागि निजी क्षेत्र प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्न तयार सहभागीले बताएका थिए । साधारणसभामा प्रदेश नं ५ अन्तर्गत विभिन्न १२ जिल्लाका जिल्ला र नगर गरी ३४ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा १३५ एशोसिएसन सदस्य निकाय प्रतिनिधिको सहभागिता रहेको थियो । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते