2026-09-14 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

परम्परागत संस्कृति मासिदै

वैशाख २२, गलेश्वर (रासस) | धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् ।

प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् ।

बेनी नगरपालिका–२ का ८४ वर्षीय बेदप्रसाद शर्माले भन्नुभयो, “केही वर्षअघिसम्म हरेक विवाह, ब्रतबन्ध, चाडपर्व र उत्सवमा भजन, चुट्का, बालन गाउने, सङ्गिनी नाचलगायतका कलाको रमझम हुन्थ्यो । तर आजभोलि धेरैजसो धार्मिक उत्सव तथा समारोहमा मौलिक संस्कृति पस्किनुको साटो आधुनिक गीत, सङ्गीत र नृत्यको प्रस्तुति गरिन्छ । जसले गर्दा नेपाली मौलिकता र जीवन संस्कृति नै लोप हुँदै गएको छ ।”

आधुनिकताका नाममा भित्रिएका पश्चिमा संस्कृतिको प्रभावले हाम्रो देशका मौलिक कला संस्कृति नै छायाँमा पर्ने मात्र होइन, लोप नै हुने स्थितिमा पुगेका स्थानीय वयोवृद्धले बताएका छन् । भजनकीर्तनमा पौराणिक कथाका पात्रको महिमा तथा चरित्रलाई वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ । पहिलेको समयमा मनोरञ्जनका माध्यम बनेका हाम्रो मौलिकतालाई बोकेका यस्ता भजनकीर्तनको रौनकताले मनमा शान्ति र आनन्द मिल्ने पुरानो पुस्ताको अनुभव छ । धार्मिक तथा सामाजिक परिवेशसँग जोडिएका यी संस्कृतिप्रति नयाँपुस्ता परिचित नहुँदा लोप हुने अवस्थामा पुगेका खबराका भद्रबहादुर कार्कीले बताउनुभयो ।

दुलाहाकी आमा र दिदीबहिनीलाई प्रतिकात्मकरूपमा व्यङ्ग्यको पात्र बनाएर महिला पुरुषको भेष बनाई गाइने रत्यौलीको ठाउँमा हिजोआज हिन्दी र नेपाली चलचित्रका गीत गाइन थालेको छ ।

यसरी परम्परागत संस्कृति र जीवनशैलीमाथि बेवास्ता गर्दा आउँदो पुस्ता नेपाली मौलिकता र सांस्कृतिक तथा परम्परागत जीवन पद्धतिसँग बेखबर रहनुपर्ने अवस्था आउने हो कि भन्नेमा सरोकारवाला चिन्तित छन् ।

सुरक्षा निगरानीका लागि राखिएका सिसी क्यामरा बिग्रिए 

म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षा निगरानीका लागि राखिएका सिसी क्यामरा बिग्रिएका छन् । बजारको सुरक्षाका लागि डेढ वर्षअघि विभिन्न ठाउँमा गरी १६ सिसी क्यामरा जडान गरिएकामा अहिले तीन क्यामराले बाहेक अन्यले काम नगरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अहिले वीरेन्द्रचोक, बालमन्दिरचोक र बेनी नगरपालिका अगाडिको चोकका तीन क्यामरा मात्र सञ्चालनमा छन् । सङ्गमचोक, हुलाकचोक, न्यूरोड–१, न्यूरोड–२, क्याम्पसचोक माथि, क्याम्पसचोक तल, शिक्षामार्ग, पिपलचोक, कालीपुल बसपार्क–१, बसपार्क–२, मङ्गलघाट तल्लो, मङ्गलघाट माथिल्लो र बैंकरोडको सिसी क्यामराले अहिले काम नगरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ