2026-09-14 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

वैशाख  २३, बेनी,  | म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।  

जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो । 

आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । जातीय आक्षेप आउने खालका शब्द प्रयोग गरी गालीगलौज र हातपातसमेत गरी विश्वकर्मालाई घाइते बनाएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पीडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न रोका र जुग्जालीविरुद्ध प्रहरीले जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी मुद्दा दर्ता गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुर्जाको घरमा स्थानीय अगुवासँग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै प्रअ विश्वकर्मामाथि गत वैशाख ५ गते आक्रमण गरेर घाइते बनाएको पीडित विश्वकर्माको भनाइ छ । 

विद्यालय सञ्चालनकै विषयमा छलफलमा बसेको समयमा आफूमाथि दलित भएकै कारण जातीय विभेद हुने अपशब्द बोल्दै लतारेर आँगनबाट खसाल्दा खुट्टामा गम्भीर समस्या आएपछि मणिपाल शिक्षण अस्पतालमा उपचार गरी फर्किएको प्रअ विश्वकर्माले बताउनुभयो । वैशाख ६ गते बेनी आउनुभएका विश्वकर्मालाई ८ गते बेनी अस्पतालले थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ‘रिफर’ गरेको थियो । 

वैशाख ७ गते छोरा दिप्सनमार्फत् जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाए पनि १५ गते मात्र दर्ता भएको हो । जातीय छुवाछूतसम्बन्धी मुद्दामा एक वर्ष कैद र रु एक लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । यस घटनामा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति म्याग्दीले समेत जातीय विभेद गरी शिक्षकमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ