२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मायालु डाँडामा अब हरियाली पार्क

२३ बैशाख २०७६, सोमबार ०५:५२

वैशाख २३, गलेश्वर । म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ मा उपलब्ध गराएको रु ३० लाख बजेटबाट म्याग्दीका दुईवटा सामुदायिक वन क्षेत्रका खाली तथा पाखो जग्गामा हरियाली पार्क निर्माण गर्न लागिएको हो । 

हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि दुईवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । त्यसमध्ये बेनी नगरपालिका–२, ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूह र पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । लभ्लीहिल पिपलडाँडा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्दछ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित मायालु डाँडा (लभ्लीहिल) मा निर्माण भइरहेको हरियाली पार्कका लागि यस वर्ष रु १२ लाख बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले बताउनुभयो ।

बदलिँदो वातावरणसँगै शहरी कोलाहलबाट मुक्त हुनका लागि स्वच्छ हावा लिँदै हरियाली दृश्यावलोकन गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको उहाँको भनाइ छ । शहर तथा बजार क्षेत्र वरिपरि रहेका खाली एवं पाखो जग्गा जमीनलाई प्रयोग गरेर हरियाली क्षेत्रका रूपमा विकास गर्न कार्यक्रम आएको सहायक वन अधिकृत बल्छौडीले जानकारी दिनुभयो । 

पर्यटकीय क्षेत्र लभ्लीहिलमा हरियाली पार्क निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको छ । हालसम्म लभ्लीहिल क्षेत्रमा हरियाली पार्क निर्माण गर्ने काम ५० प्रतिशत सम्पन्न भैसकेको डिभिजन वन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

हरियाली पार्क निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम लक्ष्यसमेत रहेको जनाइएको छ । पछिल्लो समय खासगरी आन्तरिक पर्यटकको रोजाइमा परेको लभ्लीहिलको विकास र विस्तार एवं थप प्रचारप्रसारका लागि पनि कार्यक्रम सञ्चालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य