Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

व्यावसायिक ज्ञान आर्जन गर्दै सामुदायिक विद्यालय

२०७६, २३ बैशाख सोमबार ०७:१७

वैशाख २३, नवलपरासी  | विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ । 

अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदन अगाडि बढिरहेको छ । 

विद्यार्थी चौरभरि छरिएका थिए, कोही पराललाई काटेर मसिना टुक्रा बनाउँदै थिए,कोही ती टुक्रालाई पानीमा धुँदै थिए, कोही ती मसिना परालका टुक्रालाई पकाउन आगो बाल्दै थिए भने कोही ल्यापटप बोकेर भिडियो कल गरी ती दृश्यलाई अन्य देशका विद्यार्थीलाई देखाइरहेका थिए । टाढाबाट हेर्नेलाई यी दृश्य अस्तव्यस्त जस्तै लाग्थे । विद्यार्थीलाई कक्षाकोठामा राखेर नपढाएर किन यसरी चौरभरि भद्रगोल छोडिएको होला भन्ने प्रश्न पनि उठिरहेका थिए । जब नजिकै पुगेर बुभ्mने प्रयास गरियो त्यहाँँ त विद्यार्थी च्याउ कसरी फलाउने भनेर कक्षाकोठामा सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई व्यवहारमा पो उतार्दै रहेछन् । गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विजय सामुदायिक शिक्षा सदन ब्रिटिस काउन्सिलको अवधारणामा सञ्चालित आइएस्ए अर्थात् इन्टरनेशनल स्कुल अवार्डमा सहभागी भएपछि विद्यार्थी विभिन्न परियोजना अन्तर्गत आफैँ सहभागी भएर खोज्दै, हेर्दै,गर्दै,सिक्दै अगाडि बढिरहेका छन् । यसरी प्रत्यक्ष रुपमा आफैँ सहभागी भएर सिक्न पाएकामा विद्यार्थी पनिखुशी देखिन्थे । 


शिक्षण सिकाइमा नयाँ प्रविधि भित्र्याईअन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षण सिकाइ क्रियाकलाप गरी एक दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथआफूहरु आइएस्एको यात्रामा सहभागी भएको विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताउनुभयो । उहाँले विद्यार्थीले विद्यालयमा नै च्याउ फलाएको, माटोका भाँडा बनाएको, ढुङ्गामा कुँदेर मूर्ति बनाएको फोहर भनेर फालिने बोतल र प्लास्टिक सङ्गालेर चौतारो बनाएको देख्दा आफ्नो निकै हर्षित भएको पनि बताउनुभयो । 

विद्यालयकी सहायक प्रधानाध्यापक एवम् आइएस्एको अर्डिनेटर रेखा श्रेष्ठले विद्यालय आइएस्एमा सहभागी भएर बायोग्राफी अफ नेशनल हिरो, कार्भ इमेज अन रक्स, जोय अफ जात्रालगायतका १० वटा परियोजनामा काम गरिरहेको र आफूहरु आइएस्एको यात्रामा गन्तव्य नजिक पुग्नलागेको बताउनुभयो । आइएस्एमा सहभागी भएर शिक्षण गर्दै गर्दा प्रविधिसँगको निकटता बढ्नाका साथै अन्तर्राष्ट्रियस्तरसम्म पहँुच बढेको अनुभव विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले बताउनुभयो ।

किताबी ज्ञानमा मात्र नभई जीवनोपयोगी सीपमूलक र व्यावहारिक ज्ञान दिने सन्दर्भमा विद्यालय सदैव सचेत रहेकाले शिक्षणमा नवीनतम विधिअपनाउँदै अगाडि बढिरहेको छ । विद्यालयले आइएसएका परियोजनामा मात्र नभई विद्यार्थीलाई विभिन्न सदनहरुमा विभाजन गरी समूहमा कार्यगर्ने र व्यावहारिक ज्ञान तथा सीपविकास गर्ने कुरामा जोड दिइरहेको छ । 

विभिन्न जडीबुटीका बोटबिरुवा लगाउने मौसम अनुसारका तरकारी उत्पादन गर्ने क्रियाकलाप पनि विद्यालयले गराउँदै आइरहेको छ । साथै विद्यालयले विद्यार्थीमा बचत कसरी गरिन्छ, दुःखमा सहयोग कसरी गर्ने भन्ने जस्ता कुरा सिकाउन बचत समूह, रेडक्रस, स्काउट, बालक्लबलगायतका विविध क्लबहरु गठनगरी विद्यार्थीको चौतर्फी विकासमा टेवा पु¥याउँदै आएको छ । यी कार्यलाई विद्यालयले निरन्तरता दिँदै जाने विद्यालयले जनाएको छ । जसरी हरेक क्रियाकलापमा विद्यालयले सदैव सफलता प्राप्त गरिरहेको छ त्यसरी नै यो आइएस्एको यात्रामा पनि सफलता प्राप्त गरोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ