२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नेविसंघद्धारा किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलनलाई आर्थिक सहयोग

२०७६, २३ बैशाख सोमबार ०७:२४

चिसाङ शेर्पा | बैशाख २३, खोटाङ | खोटाङमा हुने किरात राई बिद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलनका निम्ति नेपाल विधार्थी संघ जिल्ला कार्य समिति खोटाङले आर्थिक सहयोग गरेको छ । ‘पहिचान र संघीय शिक्षा प्रणाली लागू गरौं, किरात स्वयत्त राज्य निर्माण गर्न गाउँ नगर लागौं’ भन्ने नारासहित आगामी बिहीबारदेखी शनिबारसम्म दिक्तेलमा हुने सम्मलेनका लागि नेविसंघले ४८ हजार १ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।


नेविसंघको सहकार्यमा विभिन्न पेशामा आवद्ध ५२ जना व्यक्तिहरुबाट संकलित रकम आईतबार दिक्तेलस्थित होटल सगरमाथामा एक कार्यक्रमका बिच आयोजकलाई प्रदान गरिएको छ । संकलित रकम खोटाङ कांग्रेसका सभापति नरेश कुमार श्रेष्ठले किरात राई बिद्यार्थी संघकी केन्द्रीय अध्यक्ष बिर्सिका राईलाई हस्तान्तरण गरेका हुन् । राज्यमा पुर्ण लोकतन्त्रको पक्षमा सवै सम्प्रदायका विधार्थीहरुको समान अधिकार र गुणस्तरीय शिक्षा एवम् जातिय सद्भावका पक्षमा लाग्नमा सम्मेलनलाई प्रेरणा मिलोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको नेविसंघका सभापति राज कुमार वस्नेतले बताए । साथै विधार्थी संस्थाहरुबिच आपसी रुपमा पारस्पारिक सहयोग रहने पनि नेविसंघले उल्लेख गरेको छ ।

यसैविच, राष्ट्रिय सम्मलेनका लागि नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तीराम राई र खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले व्यक्तिगत रुपमा १०÷१० हजार, शकुन राईले ४० हजार, गिता शंकरले २१ हजार, नेर्पाका वीर वहादुर राईले १६ हजार, उदयपुरका वीर वहादुर राईले १० हजार, भुवन राईले पाँच हजार, धनिराम राई र भोगिन राईले दुई÷दुई हजार आर्थिक सहयोग गरेका छन् । विभिन्न १९ जिल्लाका किरात राई विद्यार्थी संघको प्रतिनिधि एवम् पर्यवेक्षक गरी सम्मेलनमा करिब ५ सयको सहभागीता रहनेछ । राष्ट्रिय सम्मेलनले जिल्लाको आर्थिक र सामाजिक क्षेत्रमा समेत फाईदा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित