2026-09-14 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको एक विद्यालयमा पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना

 वैशाख २४, गलकोट । बागलुङ जिल्लाको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीद्वारा रु ५० लाखको अक्षयकोषको स्थापना गरिएको छ । बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन दक्ष जनशक्ति व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरिएको हो । 

विद्यालयमा पूर्वविद्यार्थीको सहयोगमा रु ३५ लाखको लागतमा सञ्चालनमा ल्याइएको मल्टिमिडिया, कम्प्युटर ल्याव, ई–पाटी तथा विज्ञान प्रयोगशालामा विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गर्नका लागि दक्ष जनशक्ति व्यवस्थापनका लागि अक्षयकोषको स्थापना गरिएको विद्यालयको पूर्वविद्यार्थी सङ्घका अध्यक्ष डा हेमराज शर्माले बताउनुभयो । विद्यालयमा आधुनिक प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि जनशक्तिको अभावमा कम्प्युटर ल्याव, ई–पाटी, विज्ञान प्रयोगशाला र मल्टिमिडिया सेन्टर प्रयोगमा ल्याउन सकिएको थियो ।

 “हामीले विद्यालयमा किताबी ज्ञानबाहेक संसारसँग जोडेर ज्ञान लिन सक्ने प्रविधिको व्यवस्था गरेका छौँ”, शर्माले भन्नुभयो, “यसलाई व्यवस्थित तथा दिगो बनाउन अक्षयकोषले मद्दत गर्दछ ।” अक्षयकोषबाट प्राप्त ब्याजले प्राविधिक शिक्षक तथा विद्यालयमा भएको सबै प्रविधिको मर्मतसम्भार गरिनेछ । शर्माका अनुसार मल्टिमिडियाको प्रयोगले संसारको जुनसुकै विद्यालयमा अध्यापन भइरहेको शिक्षालाई विद्यालयसँग जोड्न मिल्नेछ । 

विद्यालयलाई जिल्लाकै नमूना प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीले ठूलो योगदान गरेको विद्यालयका प्रधानध्यापक प्रेम चापागाईंले बताउनुभयो । पूर्वविद्यार्थीले स्थापना गरेको रु ५० लाखको चेक सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विद्यालयलार्ई हस्तान्तरणसमेत गरिएको थियो ।

 विद्यालयमा स्थानीय समाजसेवी स्व हिरण्यप्रसाद ढकालको स्मृतिमा उहाँकी धर्मपत्नी जानुका ढकाल र उहाँका छोरा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा उद्यमी चन्द्र ढकाल र हेमराज ढकालद्वारा रु छ करोड २४ लाखको लागतमा १६ कोठे अपाङ्गमैत्री आधुनिक विद्यालयसमेत निर्माण सम्पन्न भएको छ । सुविधासम्पन्न भवनबाट प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि पूर्वविद्यार्थीले सक्रियाता देखाएका हुन् । 

अमलाचौरको एक मात्र माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउन ढकाल परिवारले भौतिक तथा पूर्वविद्यार्थीले प्रविधिको सहयोग गर्नाले विद्यालयलाई गुणस्तरीय आधुनिक शिक्षा प्रदान गर्न ठूलो मद्दत पुग्ने प्रधानाध्यापक चापागार्इंको भनाइ छ । कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा हाल ३८८ विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ