२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा महिलामाथि हुने हिंसा बढ्दै

२०७६, २४ बैशाख मंगलवार ०६:१२

वैशाख २४, कञ्चनपुर । पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ ।

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्दा पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दो रहेको बताउनुभयो ।

 उहाँका अनुसार आयोगमा चालू आवको हालसम्म आर्थिक हिंसाका ६४९, शारीरिक हिंसाका ५८५ र मानसिक हिंसाका ४५९ उजुरी दर्ता भएका छन् । आयोगमा परेका उजुरीमध्ये घरेलु हिंसाका मात्रै ८३ प्रतिशत उजुरी छन् । महिला हिंसाका १७ प्रतिशत उजुरी दर्ता भएको उपसचिव सेरचनले बताउनुभयो ।

कानूनी कागजातको समस्या परेका उजुरीको सङ्ख्या २९१ छ । आयोगमा आव २०७४÷७५ मा घरेलु हिंसा र महिलाविरुद्ध हुने हिंसाका ८३८ उजुरी दर्ता भएका थिए । जसमध्ये घरेलु हिंसातर्फ ७६६ दर्ता भएका थिए । सोही अवधिमा शारीरिक हिंसा ३८८, मानसिक हिंसा ४३६, आर्थिक हिंसा २९८, यौनजन्य हिंसा ५८ उजुरी आयोगमा परेका थिए ।

 घरेलु हिंसामा दर्ता भएका उजुरीमध्ये मानाचामल, सम्बन्धविच्छेद, अंशवण्डा, शारीरिक हिंसामा बढी उजुरी दर्ता भएका छन् । आयोगमा परेका ८३८ उजुरीमध्ये १३१ को मेलमिलाप पद्धतिद्वारा किनारा लगाइएको आयोगको अभिलेखमा उल्लेख गरिएको छ । आयोगका अनुसार विगतको तुलनामा घरेलु हिंसा ३५ दशमलव ६३ प्रतिशतले बढेको पाइएको छ ।

 आयोगको उपसचिवसहितको टोलीले नगरपालिकाका जनप्रतिनिधिसँग बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, दाइजोप्रथा, छाउपडी प्रथा, मानव बेचबिखनको अवस्था, कुरीति, अन्धविश्वास, स्थानीय तहमा महिला समावेशिताका कुराबारे जानकारी लिएको छ ।

टोलीले महिलाको शिक्षाको अवस्था, स्वास्थ्यमा पहुँच, महिलाको आर्थिक अवस्थामा परिवर्तन ल्याउन ल्याएका योजना तथा नीति, रोजगारको अवस्था, ऐन, कानून निर्माण गर्दा महिला समावेशिता र न्यायिक समिति गठन, पूर्वाधार र जनशक्तिबारे जानकारी लिएको छ ।

नगरप्रमुख दिलबहादुर ऐरले नगरपालिकालाई महिलामैत्री र समावेशी बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँले महिलाको सशक्तीकरण गर्न वडा कार्यालयमार्फत सीपमूलक, आयआर्जन र नेतृत्व विकासका कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रममा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी