2026-09-14 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा इन्टरनेटको पहुँच बढ्दै

रामबहादुर थापा | बैशाख २४, बागलुङ | गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी छन्  । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो । 

‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । रमुवामा गत वर्षमात्र मोबाइल सेवा पुगेको हो । डेढ सय घरधुरी रहेको रमुवामा चाप कम भएका कारण इन्टरनेट तीव्र र स्तरीय छ । बडिगाड गाउँपालिका–८ खोलाखर्कमा पनि ‘थ्रिजी’ विस्तार भएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । खोलाखर्कका झण्डै चार सय घरधुरी उक्त सेवाबाट लाभान्वित छन् । 

सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित दुवै गाउँ भौगोलिक हिसाबले विकट छन् । टेलिकमले ग्राहकको माग र डाटाको खपत बढी हुने ठाउँमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने गरेको छ । ‘थ्रिजी’ सेवाको डाटा र भ्वाइस दुवैमा सुधार आएपछि प्रयोगकर्ता पनि सन्तुष्ट भएका छन् । ‘बढी क्षमतायुक्त र तीव्र गतिको ‘थ्रिजी’ सेवा विस्तार भइरहेको छ’, वरिष्ठ इञ्जिनीयर शर्माले भने, ‘दुर्गम क्षेत्रमा पनि पहुँच पुगेको छ ।’ 

बागलुङसँगै म्याग्दी, पर्वत र मुस्ताङका विकट क्षेत्रमा पनि ‘थ्रिजी’ सेवा विस्तारको काम भइरहेको छ । म्याग्दीको पोखरेबगर, पर्वतको अम्बोट, लुङ्खु देउराली र गहतेपोखरामा पनि हालैमात्र ‘थ्रिजी’ सेवा शुरु भएको छ । मुस्ताङको चराङ, घमी, लोमान्थाङ र छुसाङमा ‘थिज्री’ सेवाका लागि पूर्वाधार तयारीको काम अघि बढाइएको छ । 

यस्तै बागलुङको भिमापोखरा, दर्लिङ, रेश, बलेवा, पर्वतको शङ्करपोखरी र म्याग्दीको बिममाा ‘थ्रिजी’ को क्षमता बढाइएको टेलिकम कार्यालयले जनाएको छ । चालु आवभित्रै धवलागिरिका दश नयाँ ठाउँमा ‘थ्रिजी’ सेवा पुर्याइने कार्यालयका इञ्जिनीयर विज्ञान भट्टराईले बताए । जिल्लाको भकुण्डे, रायडाँडा, तमान, रिघा, बिजौरे, नागबेली खोला, खुङ्खानी, पर्वतको आर्थर डाँडाखर्क, म्याग्दीको अर्मन र मुस्ताङको जोमसोममा ‘थ्रिजी’ सेवा विस्तार हुँदैछ । 

निर्माणाधीन अवस्थामा रहेको नयाँ ‘जिएसएम बिटिएस’ टावरबाट ‘थ्रिजी’ सेवा उपलब्ध गराउने टेलिकमको योजना छ । जिल्लाको अमरभूमि, खुङ्गा, नाम्दुक, म्याग्दीको बरङ्जा, मुस्ताङको छोसेर कोरला र घाँसामा नयाँ टावर निर्माण गरिँदैछ । थप नयाँ ठाउँमा टेलिकमको सेवा विस्तारका लागि सर्वे भइरहेको वरिष्ठ इञ्जिनीयर शर्माले बताए । बागलुङ–रुकुमको सीमा क्षेत्र, म्याग्दीको चिमखोला, पर्वतको राम्जादेउराली र मुस्ताङको टुकुचेमा नयाँ टावर बन्नेछन् । 

टेलिकमका अनुसार समयमै काम भए अर्को वर्ष एक सय ८ ठाउँबाट ‘थ्रिजी’ सेवा शुरु हुनेछ । ‘थ्रिजी’ प्रविधिमार्फ्त ‘‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवा ग्राहकले पाइरहेका छन् । सात दशमलव २ ‘एमबिपिएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकमले जनाएको छ ।

चारै जिल्लाका सदरमुकाम, मुख्य बजार क्षेत्र र अधिक जनसङ्ख्या भएको  ठाउँमा ‘थ्रिजी’ सेवा पुगेको बताइएको छ । देशका ठूला शहरमा ‘फोरजी’ सेवा सञ्चालनमा आए पनि धवलागिरिमा भने उक्त सेवा शुरु हुनसकेको छैन । ‘फोरजी’ सेवा सञ्चालनको लागि तयारी अघि बढेको र यसैवर्ष धवलागिरिका मुख्य शहरी क्षेत्रमा सेवा विस्तार हुने नेपाल टेलिकमले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ