२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेश सरकारद्वारा किसानलाई भैसी हस्तान्तरण

२०७६, २४ बैशाख मंगलवार ०९:१८

बैशाख २४, सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो ।  मन्त्रालयले सोमबार बराहताल गाउँपालिका १० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैंसी हस्तान्तरण गरेको हो ।

कृषकमा आधारित भैंसीपालन व्यवसाय कार्यक्रम अन्तर्गत सुर्खेतका कृषकहरुलाई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैंसी हस्तान्तरण गरिएको हो । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यहरुलाई भैंसी हस्तान्तरण गरिन् ।

कर्णाली प्रदेश सरकारको रु. ५० लाख, कृषकको रु. १० लाख, वराहताल गाउँपालिकाको रु. ५ लाख र लागत सहभागिताको रु. ५ लाख गरी ७० लाखमा भैंसी खरिद गरेर वितरण गरिएको सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले जानकारी दिए । सहकारीले खरिद गरेका ती भैंसी किसानलाई गोलाप्रथामार्फत छनौट गरिएको थियो । सहकारीका अध्यक्ष सुनारका अनुसार १५ भैंसी दुहुना रहेको तथा वितरण गरिएका भैंसीको सहकारीले बिमा गरिदिएको छ ।

भैंसी वितरण कार्यक्रममा मन्त्री केसीले किसानको आय आर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रम निरन्तरता दिने बताईन् । ‘भैंसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई बिकास गर्नुपर्छ’, उनले भनिन्, ‘ यसका लागि किसानहरुले व्यवसायिक घाँस खेतीमा जोड दिनुपर्छ ।’ आगामी वर्षको बजेट किसानमुखी भएर बजेटको विनियोजन गरिने उनको भनाई छ ।

सरकारले कृषिमा दिने अनुदान दुरुपयोग हुन नदिने भन्दै भैंसीपालन गरेर आयआर्जन गर्नु गरी नमूना बन्न कृषकलाई आग्रह समेत गरिन् । ‘अनुदानमा पाएका भैंसी बिक्री नगर्नु होला’ उनले भनिन्, ‘तपाइहरुबाट अरुले सिकेर व्यवसायिक पशु पालनमा लाग्न प्रेरणा मिलोस् ।’ सरकारी अनुदानलाई गरिव किसानले खोज्ने भन्दा सरकारले गरिबको खोजी गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य विन्दमान विष्टले सरकारी अनुदानलाई सदुपयोग गरि आत्मानिर्भर हुन आग्रह गरे  । बराहतालका किसानहरुले यहाँको दुधको आवश्यकतालाई परिपुर्ति गर्न सक्ने गरि काम गर्नपर्ने बताए । त्यस्तै गाँउपालिका अध्यक्ष तेजवहादुर वस्नेतले व्यवसायिक किसानलाई गाँउपालिकाले पनि अनुदान दिने बताए  । दुध उत्पादनका आधारमा किसानलाई प्रोत्साहन अनुदान प्रदान गरिने अध्यक्ष बस्नेतले जानकारी दिए  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते