२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा दलित जनप्रतिनिधिलाई तालीम

२५ बैशाख २०७६, बुधबार ०९:३८

वैशाख  २५, दुल्लु । दलित समुदायबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तालीम लिएका छन् । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहयोग, जिसस दैलेखको आयोजना र दलित जागरण केन्द्रको सहकार्यमा दैलेखका ११ वटै स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिलाई तीन दिने क्षमता विकास तालीम दिइएको हो । 

सङ्घीय संरचना कार्यान्वयनका लागि दलित समुदायबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यसहित तालीम सञ्चालन गरिएको थियो । तालीममा दलित जनप्रतिनिधिलाई नगरसभा र गाउँपालिका तथा कार्यपालिका बैठकमा प्रभावकारी उपस्थिति, स्थानीय तहमा प्रशासनिक जिम्मेवारीलगायतका विषयमा अभिमुखीकरण दिइएको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले बताउनुभयो । 

प्रमुख थापाले दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई सशक्त हुनुपर्ने बताउनुभयो । “स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कर्मचारीले गलत कार्य गरेमा खबरदारी गर्नुहोस्”, प्रमुख थापाले भन्नुभयो, “तपाईं जनप्रतिनिधिको क्षमता विकास नभएसम्म अन्य समुदायको क्षमता विकास हुन सक्दैन ।”

तालीम अवधिभर दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, जिल्ला सरकारी वकिल पदम सापकोटा, रमा श्रेष्ठ, अमर सुनारलगायतले दलित जनप्रतिनिधिलाई अभिमुखीकरण गर्नुभएकोे थियो । दैलेख जिल्लाका ११ वटा स्थानीय तहका नगर तथा गाउँसभामा ३२ जना सदस्य, ९० वटै वडामा निर्वाचित दलित महिला सदस्य, १८ जना खुला सदस्य र दुई वडाध्यक्ष गरी १४२ दलित समुदायबाट निर्वाचित जनप्रतिनिधि छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान