२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दुर्गम बस्तीमा सडक र सिँचाइ पुगेपछि….

२०७६, २६ बैशाख बिहीबार ०७:२४

बैशाख २६, काठमाडौं । सडक र सिँचाइको सुविधा पुगेपछि दैलेखका दुर्गम क्षेत्रका किसानले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

गाउँमै मध्यपहाडी सडक र घरमै सिँचाइ कुलो निर्माण भएपछि दैलेखका जगनाथ, पगनाथ, मनघरका १५० किसान अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 

मध्यपहाडी लोकमार्ग गाउँ भएरै जान थालेपछि किसानले उत्पादन गरेका तरकारीको बजार पहुँच सहजै हरने र त्यसको बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि त्यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ लागेको छन् । 

दैलेख र जाजरकोटको सिमानामा पर्ने भगवतीमाई गाउँपालिका–४ का ३० वर्षे नेत्र थापाले विगत ५ वर्षदेखि तरकारी खेती गरिरहनुभएको छ । अगुवा कृषकको सम्मान पाएपछि उहाँले टोलभरिका सबैलाई तरकारी उत्पादनका बारेमा सिकाउने गर्नुहुन्छ । विशेष कामबाहेकको सबै समय तरकारी उत्पादनकै लागि व्यतित हुने गरेको थापाले बताउनुभयो । अहिले गाउँभरि १५० जना किसान व्यावसायिक तरकारी उत्पादनमा लागेको थापाको भनाइ छ ।   

गाउँबाटै मध्यपहाडी सडक र घरमै सिँचाइ पोखरी पाएपछि तरकारी खेतीलाई किसानले मुख्य आम्दानीको स्रोत बनाएका छन् । किसानले नौ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याएका छन् । १५० किसानका लागि विभिन्न वडामा तरकारी उत्पादनमा सजिलो होस् भनेर आठ वटा पोखरी निर्माण गरिएको छ । भगवतीमाई गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले ८८ लाख रुपैयाँको लागतमा आठ वटा पोखरी निर्माण गरिदिएको छ । अहिले मनघर, जगनाथ र पगनाथका बासिन्दा मौसमी तथा बेमौसमी सबै तरकारीको व्यावसायिक उत्पादनमा जुटेका छन् । 

वडाकै पहलमा २ वर्षअघि खानेपानीको समस्या समाधान भएको थियो, अहिले सिँचाइ पोखरी बनेपछि मनघर तरकारी पकेट क्षेत्र निर्माण गरेर किसानको आयआर्जन बढाउने र गाउँमै रोजगारी दिने अभियान शुरु गरिएको वडा नं ४ का वडाध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयो । 

प्राकृतिक प्रकोपबाट किसानले लगाएको बाली जोगाउने अभियानअन्तर्गत बाली बीमा अनिवार्य गराउने अभियानमा वडा कार्यालय लागेको छ । मध्यपहाडी सडक सञ्चालन भएकाले किसानले उत्पादन गरेको तरकारी सहजै बिक्री वितरण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ