२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिक्षकले विधार्थी कुटेपछि तनाव, विधार्थीमा त्रास

२०७६, २७ बैशाख शुक्रबार १६:०८

चिसाङ शेर्पा । बैशाख २७, खोटाङ । शिक्षकले विधार्थी कुटेपछि अभिभावकले शिक्षकलाई कारवाहीको माग गरेका छन् । दिक्तेलको त्रिवेणीचोकमा अवस्थित माउण्ट एभरेष्ट इङलिस सेकेण्डरी वोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत विधार्थी सुनिल खतिवडालाई शिक्षक पार्जुन राईले निलडाम हुनेगरी कुटेपछि पीडित विधार्थीका अभिभावकहरुले शिक्षकलाई कारवाहीको माग गरेका छन् ।


शुक्रबार दिउँसो कक्षाकोठाको डेस्कमाथि बसेको निहुंमा शिक्षकले बाँसको भाटै भाटाले ढाडमा कुटेको पीडित विधार्थीले बताएका छन् । खाजा खाने समयमा केहीवेर डेस्कमाथि बसेको र साथीले सरलाई भनिदिन्छु भन्दै बाहिर गएको र, नभन्दै बाहिरबाट सर आएर सरासर कुटेको प्रत्यक्षदर्शी एकजना विधार्थीले बताईन् । यद्यपी, उनीसँगै अन्य विधार्थी पनि केहीवेर डेस्कमा वसेका थिए । सरले पिट्दा अन्य विधार्थी बोल्न नसकेको र पिटाइ खाने विधार्थीले गुहार मागेपछि नजिकैको होटल व्यवसायीले नकुटन् आग्रह गरेपछि कुट्न छोडेको अभिभावक काजीकुमार खतिवडाले बताए ।

विधार्थी कुटिएपछि अभिभावकहरुले साँझमा करीव एक घण्टा वोर्डिङ घेराउ गरेका थिए । विधार्थीलाई रचनात्मक, भावनात्मक तथा मायालु वातावरणमा पढाउनुको सट्टामा भौतिक यातना दिने शिक्षकलाई तत्काल झिकाएर कारवाही गरिनुपर्ने भन्दै अभिभावकहरु शिक्षकप्रति आक्रोशित भएका छन् । आफ्नो विधार्थीलाई गम्भीर खाले भौतिक यातना दिने शिक्षकको हर्कतबाट सबै विधार्थीको दिमागमा गहिरो असर पुगेको अभिभावकहरुले बताएका छन् ।

शिक्षकको चर्को विरोधपछि अभिभावक तथा विधालयका प्रधानाध्यापक विच सामान्य सहमतिमा विधार्थीको आजै स्वास्थ्य जाँच गरिएको छ । जाँच गर्दा शरीरमा भाटाको दागहरु देखिएको पीडित विधार्थीका बुबा खतिवडाले जानकारी दिए । पीडित विधार्थी, विधार्थी पिट्ने शिक्षक र अभिभावक बिच आईतबार बसेर छलफल गर्ने कुरा भएको प्रधानाध्यापक सागर जोशीले बताए । शिक्षकको यस किसिमको गतिविधिले विधार्थीमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित