२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा हावाहुरी र असिनाले साढे पाँच करोडको क्षति

२८ बैशाख २०७६, शनिबार ०५:५१

वैशाख २८, पोखरा । कतै फलेर बिक्री शुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली  । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर यहाँका कृषक चिन्तामा छन् ।

वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका  विभिन्न १० स्थानमा रु पाँच करोड ४९ लाख  ५० हजार बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ ।

 कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएका भौतिक संरचना भत्कनुका साथै कृषकले टनेल भित्र र बाहिर लगाएको तरकारी बाली नोक्सान हुँदा ठूलो क्षति पुगेको हो ।


स्थलगत गरेको अध्ययन प्रतिवेदनअनुसार पोखराका विभिन्न सात वडामा तरकारी बालीका लागि आर्थिक वर्ष २०७४÷७५ निर्माण गरिएका चार स्थानका हाइटेक, चार स्थानका अस्थायी प्लाष्टिक घरसहित भित्र र खुलारूपमा  कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको सुपरजोन कार्यालय पोखराका प्रमुख वसन्त श्रेष्ठले जानकारी दिनुभयो ।

 हावाहुरी र असिनाले  राधिका एग्रो फार्ममा हाइटेक ग्रिनहाउस उडाउँदा छ लाख, डीआरएग्रो फार्ममा दुई लाख ५० हजार, वेगखोला दिदी बहिनी कृषि फार्म रु चार लाख र वरपिपल एग्रोमा रु दुई लाख क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी अस्थायी प्लाष्टिक घर बालीतर्पm उजिर बुढाथोकीको चार लाख, लालप्रसाद न्यौपानेको रु एक लाख ५० हजार, विश्व सापकोटाको रु एक लाख तथा झौरीखेत कृषि सहकारी लिमिटेडअन्तर्गत खुलारूपमा लगाइएको तरकारी बाली नष्ट भएको उहाँले राससलाई बताउनुभयो ।

हावाहुरीसहितको असिनाले कृषकले व्यावसायिकरूपमा लगाएको काक्रो, घिरौला, लौका, साग, गाजर, काउली, मुला, बन्दा, साग, धनी, सिमी, गोलभेँडालगायतका मौसमी एवं बेमौसमी तरकारी एवं फलफुल खेती नोक्सान गरेको छ ।

उहाँका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सिंहदरबार, कृषि विकास निर्देशनालय, मालेपाटन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार एवं पोखरा महानगरपालिका वडा नं ५, १३, १४, १५, २६, ३२ र ३३ कार्यालयमा क्षतिपूर्तिका लागि कृषकको मागसहित जानकारी पठाइएको छ ।

 राधिका एग्रो फार्मका सञ्चालक मोहन कार्कीका अनुसार हावाहुरीले हाइटेक (हरितगृह) मा लगाएको प्लाष्टिक सबै उडाएपछि गोलभेँडा खेतीमा क्षति पुगेको छ । एक रोपनी जग्गामा निर्माण गरिएको टनेलभित्र भर्खरै फूल खेलेका ५०० गोलभेँडाका बिरुवालाई क्षति पुगेकामा दुःख व्यक्त गर्दै उहाँले हाइटेकमा रु ४० हजारको प्लाष्टिक खरीद गरेर पुनः ओढाउने तयारी भइरहेको बताउनुभयो ।

“जग्गा भाडामा लिएर नौ टनेल निर्माण गरी आठ वटामा लगाएको काक्रो लटरम्म फलेको थियो”, पोखरा–१३ कुँडरफाँटकी अर्का कृषक लक्ष्मी बुढाथोकीले मलिनो अनुहार पार्दै भन्नुभयो । दैनिक पाँच÷छ सय केजी बिक्री गर्दै आएकोमा हावाहुरीले एकै छिनमा टनेलको प्लाष्टिकसँगै सबै खुशी उडाएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल