"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
"/>
2026-09-13 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुझाव संकलनमा खानेपानीका गुनासै गुनासा

सम्राट सिंह । बैशाख २७, बझाङ । जयपृथ्वी नगरपालिकाको आगामी आर्थिक बर्ष २०७६।७७ को योजना तर्जुमा सम्बन्धि सुझाव संकलन कार्यक्रममा अधिकांस गुनासा खानेपानीका रहेका छन । 

जिल्लाको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार हुँदा समेत सरोकारवालाहरुले चाँसो नराखेको अधिकांस सहभागीले गुनासा गरेका हुन ।

झण्डै ७ सय घरधुरी बसोबास गर्ने सदरमुकाम चैनपुरमा खानेपानी उपभोक्ता समितिले बिहान – बेलुका आधा घण्टा खानेपानी दिने गरेको छ । 

धारामा खानेपानी नआउँदा मुखले तान्नुपर्ने बाध्यता भएको स्थानिय सरिता जोशीले बताईन । मुखले तानेपछि मात्र थोरै पानी धारामा खस्ने गरेको  र धरामा खानेपानी नआउँदा महिलाहरुले सास्ती भोग्नु परेको उनको भनाइ छ । 

खानेपानी समितिले आधा घण्टा खानेपानी छोडेपनि कसैको धारामा पानी आउने कसैको धारामा पानी नआउने समस्याका कारण खानेपानी अभाव भएको हो ।

नगरपालिकाले खानेपानीको दिगो व्यवस्थापनका लागि योजना बनाई जनतालाई खानेपानीमा सहज गर्नुपर्ने स्थानिय ममता शाहले बताइन् । 

सदरमुकाम चैनपुरको शान्तिमार्गमा धारामा पानी नआउँदा महिलाहरु बिहान – बेलुका मुखले खानेपानीको पाइप चुस्न लागेको देख्दा महिलाहरु लाई खानेपानी नपाएर कति पिडा छ सहजै देख्न सकिन्छ  । 

यता खानेपानी उपभोक्ता समितिका कार्यालय सचिव कमल राम जोशीले मुहानमा पानी कम भएर ट्याङकीमा पानी नभरिने समस्याका कारण बजारमा खानेपानीको अभाव भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले