२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

२०७६, ३० बैशाख सोमबार १६:१५

वैशाख ३०, तनहुँ | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजित कार्यक्रममा उहाँले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पुर्याइने बताउनुभयो ।

प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली पुग्न बाँकी रहेको र नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी सबै घरमा बिजुली पुर्याउन प्रदेश सरकार लागि परेको उहाँको भनाइ थियो । उहाँले जलविद्युत्मा गण्डकी प्रदेश सबैभन्दा धनी भए पनि केही घरधुरी अझै पनि अन्धकारमा बस्न बाध्य भएको बताउनुभयो ।

भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले विकासको काममा अब प्रदेश अगाडि बढिसकेको बताउनुभयो । पाँच वर्षभित्र प्रदेशलाई सबैभन्दा समृद्ध प्रदेश बनाइने उहाँले उल्लेख गर्नुभयो । प्रदेशका १५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा नपुगेको हुँदा दुई वर्षभित्रमा नै सबै घरमा खानेपानी सुविधा पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत्सम्बन्धी समस्या समाधान गर्न मुख्यमन्त्री गुरुङ समक्ष अनुरोध गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी