Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

डेढ करोड महसुल उठ्न बाँकी

२०७६, ३१ बैशाख मंगलवार ०६:४२

बैशाख ३१, लमही | नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ । 

सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको रु छ लाख १९ हजार ५०४ विद्युत् महसुल बाँकी रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र लमहीको रु एक लाख ७५ हजार ७२४, मनकामना एग्रिगेट बालुवा उद्योगको रु एक लाख चार हजार, चिरण राइस मिल (पाण्डे राइस आयल मिल) को रु चार लाख ७८ हजार ७४६, खानेपानी योजनाको रु एक लाख ६७ हजार, खड्का सःमिलको रु एक लाख ६७ हजार १५०, लमही नगर विकास समितिको रु ५१ हजार महसुल बाँकी छ । 

बगिया खानेपानी भैसहवाको रु एक लाख ९७ हजार, छम्पाली आयल मिलको रु एक लाख नौ हजार, दाङ भ्याली ह्युमपाइप सुन्डबरीको रु ६४ हजार, नर्ति रेञ्जपोष्टको रु ५३ हजार, राप्ती उद्यम प्रालिको रु तीन लाख १५ हजार, भन्सार कार्यालयको रु ५७ हजार, हमाल राइस तथा आयल मिलको रु ६३ हजार, शिवशक्ति कृषक सहकारी संस्थाको एक लाख १२ हजार, गोराराम बोहोराले रु तीन लाख ६४ हजार विद्युत् महसुल बुझाउन बाँकी रहेको देखिन्छ ।

विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रका प्रमुख नन्दलाल शर्माका अनुसार धेरैजसो सरकारी कार्यालय र उद्योगको महसुल बाँकी छ । उहाँले महसुल नबुझाएका ग्राहकको तत्काल विद्युत् लाइन काटिने बताउनुभयो । मिटर जाँच भएको ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने प्रावधान रहे पनि उपवितरण केन्द्र लमहीले २२ महीनासम्म पनि महसुल नबुझाएका ग्राहकको विद्युत् लाइन काट्न भने सकेको छैन ।

महसुल नबुझाएको ३१औँ दिनदेखि नै जरिवाना लाग्ने भए पनि अटेरी स्वभावले गर्दा वर्षौ दिनसम्म विद्युत् महसुल नबुझाउनेको सङ्ख्या धेरै रहेको कार्यालयले जनाएको छ । त्यसो त घरायसी प्रयोगका मिटरबाट समयमै महसुल बुझाउने गरेको कार्यालयको भनाइ छ ।

कार्यालयले अनलाइनमार्फत् पनि भुक्तानी लिने गरेको छ । अनलाइन प्रणाली लागू भएदेखि अहिलेसम्म २६ हजार ग्राहकबाट करीब रु एक करोड २० लाख भुक्तानी लिइसकेको प्रमुख शर्माले बताउनुभयो । इ–सेवा, पे–पोइन्ट, महालक्ष्मी बैंक, नबिल बैंक, हिमालय बैंक, प्रभु बैंक, आइएमई–पे, सिएफएस, सिटी एक्सप्रेस र एनइए क्यावमार्फत् विद्युत् महसुल बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित