२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हवाईयात्रा सुरक्षित बनाउन पहल

२०७६, ३१ बैशाख मंगलवार ०८:२२

वैशाख ३१, राँझा  | कैलाश मानसरोवर जाने तीर्थयात्रीको हवाईयात्रा सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयले पहल गरेको छ । हवाईयात्रा सुरक्षित र व्यवस्थित गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरले बताउनुभयो । 

नेपालगञ्ज र हुम्ला विमानस्थलमा तीर्थयात्रीको सुविधमा ध्यान पु¥याउन कार्यालयले कम्पनीलाई निर्देशन दिएको छ । “कैलाश मानसरोवर जाने तीर्थयात्रुलाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा अलग्गै भवन बनाउँदै छौँ”, ठाकुरले भन्नुभयो, “एयरलाइन्स र हेलिकप्टर कम्पनीलाई उचित व्यवस्थापनमा ध्यान दिन भनेका छौँ ।’

मानसरोवर जाने तीर्थयात्री नेपालगञ्जबाट हुम्लासम्म जहाज र त्यहाँबाट हिल्सासम्म हेलिकप्टरमा यात्रा गर्ने गर्छन् । गतवर्ष हेलिकप्टरको पङ्खाले लागेर एक भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो । सम्भावित दुर्घटना हुन नदिन पूर्व तयारी गरिने ठाकुरले बताउनुभयो । कार्यालयले हुम्लामा हेलिकप्टर कम्पनीका कर्मचारीसँग यसबारे प्रशिक्षण दिने तयारी गरेको छ । केही दिनमा मानसरोवर यात्रा शुरु हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते