२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हवाईयात्रा सुरक्षित बनाउन पहल

३१ बैशाख २०७६, मंगलवार ०८:२२

वैशाख ३१, राँझा  | कैलाश मानसरोवर जाने तीर्थयात्रीको हवाईयात्रा सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयले पहल गरेको छ । हवाईयात्रा सुरक्षित र व्यवस्थित गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरले बताउनुभयो । 

नेपालगञ्ज र हुम्ला विमानस्थलमा तीर्थयात्रीको सुविधमा ध्यान पु¥याउन कार्यालयले कम्पनीलाई निर्देशन दिएको छ । “कैलाश मानसरोवर जाने तीर्थयात्रुलाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा अलग्गै भवन बनाउँदै छौँ”, ठाकुरले भन्नुभयो, “एयरलाइन्स र हेलिकप्टर कम्पनीलाई उचित व्यवस्थापनमा ध्यान दिन भनेका छौँ ।’

मानसरोवर जाने तीर्थयात्री नेपालगञ्जबाट हुम्लासम्म जहाज र त्यहाँबाट हिल्सासम्म हेलिकप्टरमा यात्रा गर्ने गर्छन् । गतवर्ष हेलिकप्टरको पङ्खाले लागेर एक भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो । सम्भावित दुर्घटना हुन नदिन पूर्व तयारी गरिने ठाकुरले बताउनुभयो । कार्यालयले हुम्लामा हेलिकप्टर कम्पनीका कर्मचारीसँग यसबारे प्रशिक्षण दिने तयारी गरेको छ । केही दिनमा मानसरोवर यात्रा शुरु हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य