2026-09-13 10:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटी: सालमुनिले गर्यो विद्युत् उत्पादन

वैशाख ३१, डोटी  | जिल्लाको बडीकेदार गाउँपालिका–१ विपीनगरस्थित कापडी गाडमा निर्माण भएको सालमुनि हाइड्रोपावर परियोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । करीब रु एक अर्बको लगानीमा निर्माण गरिएको उक्त परियोजनाले पहिलोपटक आफ्नै पावरहाउसमा बत्ती बालेको हो । 

परियोजनाको विद्युत् उत्पादन क्षमता ३.३३ मेगावाट रहेको पावरहाउसका टनेल इञ्चार्ज मीन पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत्को सम्पूर्ण काम सकिएको छ, हामीले लक्ष्यबमोजिम तोकिएकै समयमा विद्युत् उत्पादन गरेर देखायौँ ।” सुदूरपश्चिमको प्रसिद्ध देवता सालमुनिको नामबाट निर्माण गरिएको उक्त परियोजनाको ठेक्का सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भू कन्ट्रक्सनले लिएका हुन् । सो विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । 

ती दुवै कम्पनी र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ३० वर्षसम्म यहाँको विद्युत् बिक्रीबाट आएको रकम निर्माण कम्पनीले नै लिने भएको छ । विपीनगरमा विद्युत् निर्माण भएर विद्युत् उत्पादन भएपछि यहाँका बासिन्दा खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बत्ती नभएर अन्धकार भएको हाम्रो ठाउँमा अब बिजुली बल्यो, हामी त्यसैमा खुशी छौँ ।” उक्त पावर हाउसबाट उत्पादन हुने विद्युत् वितरणपछि डोटी जिल्ला विद्युत् भार कटौतीमुक्त हुनेमा स्थानीय बासिन्दा आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले