२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बलात्कारको आरोपमा जनप्रतिनिधि पक्राउ

२०७६, ३१ बैशाख मंगलवार १६:१६

वैशाख ३१, ओखलढुंगा | बलात्कारको आरोपमा फरार रहेका ओखलढुंगास्थित लिखु गाउँपालिका- ३ का वडा सदस्य विष्णु श्रेष्ठ पक्राउ परेका छन् । बलात्कार आरोपमा उनी विरुद्ध ०७५ चैत ९ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दर्ता भएको थियो । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको जनाएको छ। 

बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गते देखि आफूले प्रयोग गर्दै आएको मोबाइल अफ गरी सम्पर्कबिहीन भएका थिए। उनीमाथि आफ्नै इँटाभट्टामा काम गर्ने कामदारलाई बलात्कार गरेको आरोप छ। कारखानामै आफूमाथि वडा सदस्यले चैत ७ गते बलात्कार गरेको भन्दै पीडित युवतीले जिल्ला प्रहरी कार्यालयमा ८ गते उजुरी दिएकी थिइन्।

परिवारका सदस्यले भने उनलाई उजुरीबारे प्रहरी कार्यालयमा छलफल गराउन ओखलढुंगा लाँदै गर्दा बाटोबाटै प्रहरीले पक्राउ गरेको बताएका छन्। आरोपितका छोरा राजु श्रेष्ठले लामो समयसम्म सम्पर्कबिहीन भएका बुबालाई भेटाएपछि मुद्दाका बारेमा छलफल गराउन जिल्ला लैजाँदै गर्दा बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएर पक्राउ गरेको हल्ला चलाएको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने