2026-09-13 10:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको खलङ्गा राष्ट्रिय प्रसारण प्रणालीमा, भोल्टेजको समस्या हट्ने

रमेश लम्साल,जेठ १, काठमाडौं । गरे के हुँदैन । राजनीतिक नेतृत्वको इच्छाशक्ति र काम गर्ने निकायका कर्मचारीको इमान्दार प्रयास भए जस्ता सुकै अप्ठ्यारा काम पनि सम्पन्न गर्न सकिन्छ । लामो समयदेखि नेपालकै विद्युत् उपयोग गर्न पाउनु पर्ने माग राख्दै आएका दार्चुलावासीका लागि खुशीको खबर छ । 

नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको सदरमुकाम खलङ्गामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन आजदेखि जोडेको छ । जसका कारण गुणस्तरीय विद्युत् प्रयोग गर्ने दार्चुलावासीको चाहनासमेत पूरा हुने भएको हो । भारतबाट आयात गरिएको विद्युत्मा पटक पटक भोल्टेजको समस्या भोगेका दार्चुलावासीलाई प्राधिकरणले निर्माण गरेको बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी आजदेखि सञ्चालनमा ल्याएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राष्ट्रिय प्रसारण प्रणाली नपुगको जिल्ला तथा क्षेत्रमा प्रसारण प्रणाली पु¥याउने कामलाई विशेष प्राथमिकतामा राखेर काम अगाडि बढाउनुभएको छ । सो प्रसारण लाइनको आज चार्ज गरिएको प्राधिकरणले जानकारी दिएको छ । आजदेखि दार्चुलाको खलङ्गा नेपालकै विद्युत् प्रणालीमा आबद्ध भएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुला सदरमुकाममा राष्ट्रिय प्रसारण प्रणाली पु¥याई आफ्नो उत्पादनबाटै विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताउनुभयो ।  “अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत् आयात गरी आपूर्ति गरिरहेका थियौँ”, अब हाम्रै राष्ट्रिय प्रसारण प्रणाली पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गर्छौं जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने छन् ।” 

सो प्रसारण लाइनको निर्माणपछि आवश्यक परेका बेला खलङ्गाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ । प्राधिकरणले खलङ्गामा विद्युत् आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी बिन्दुबाट ११ केभी क्षमताको प्रसारण लाइनमार्फत् विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेबापत उत्तराखण्ड पावर कर्पोरेशन लिमिटेडलाई मासिकरुपमा करीब रु २५ लाख भुक्तानी गर्दै आएको थियो । प्राधिकरणका अनुसार खलङ्गा र आसपासका क्षेत्रमा आठ हजार ग्राहक छन् । 

बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्चुलाको थालीगाडमा निर्माणाधीन ३३÷११ केभी सबस्टेसनको काम आगामी असारभित्र सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिनुभयो । “हाल बलाँच–खलङ्गा लाइन ३३ केभीकै बनेता पनि सवस्टेशनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै चार्ज गरिएको छ”, उहाँले भन्नुभयो, “आगामी असारभित्रमा सवस्टेशनको निर्माण सकिन्छ, त्यसपछि लाइन पनि ३३ केभीमै चार्च गरी खलङ्गा क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ ।” 

नेपाल सरकार र प्राधिकरणको लगानीमा उक्त प्रसारण लाइन निर्माण भएको हो । बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइन निर्माण गर्न रु ८७ लाख ५० हजार मा २०७२ को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाइ २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भूवनोट, विकट क्षेत्रलगायतले गर्दा निर्माणमा केही ढिलाइ भएको कर्णले बताउनुभयो । सवस्टेशन निर्माणका लागि रु छ करोड ८९ लाखमा २०७३ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । 

प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रबाट र बलाँच सवस्टेशनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत् खलङ्गातर्फ पठाउने छ । चमेलिया जलविद्युत् आयोजनाले निर्माण गरेको बलाँच सवस्टेशनमा मेगावाटको अपी पावरले निर्माण गरेको आठ मेगावाट क्षमताको नौगडगाड र आठ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो  नौगडगाड, माथिल्लो चमेलिया ४० मेगावाट, मध्य चमेलिया १६ मेगावाट, छ दशमलव पाँच मेगावाटको खलङ्गा गाडलगायतका  आयोजना जोडिने छन् । त्यहाँ जोडिएको विद्युत् चमेलियाले नै बनाएको १३१ किलोमिटर लामो बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले