Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बझाङमा जरीवाना बाफत २ लाख ५६ हजार राजश्व सङकलन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सम्राट सिंह,  जेठ १, बझाङ । अस्थायी ट्राफिक प्रहरी पोष्ट बझाङले जरीवाना बाफत विगत ३ महिना मा २ लाख ५६ हजार राजश्व संकलन गरेको छ । जिल्लामा सवारी नियम उलङघन गर्ने सवारी चालकहरुबाट ट्राफिक प्रहरीले जरीवाना बाफत २ लाख ५६ हजार राजश्व संङकलन गरेको हो ।

जरीवाना बाफत फागुनमा ७५ हजार ५ सय,चैत्रमा ८६ हजार ५ सय र बैशाख महिनामा ९४ हजार राजश्व संङकलन गरेको अस्थायी ट्राफिक प्रहरी पोष्टको तथ्यांकमा उल्लेख छ ।

तथ्यांङकमा सो रकम सवारी नियम उलङघन गर्ने १ सय ७० जनाको जरिवानाबाट उठेको राजश्व हो । अस्थायी ट्राफिक प्रहरी पोष्टमा जिल्लामा १ जना प्रहरी सहायक निरिक्षक, १ जना प्रहरी हबल्दार, ३ जना प्रहरी जवान गरी ५ जना प्रहरीहरु कार्यरत छन ।

ट्राफिक प्रहरीले पटक पटक जिल्लामा हुने गरेका सवारी नियम उलङघनका बिषयमा सरोकारवालाहरु सँग अन्र्तक्रिया समेत गर्दै आएका भएपनि जरिवाना घट्नुको सट्टा प्रति महिना जरिवानाको रकम बढ्ने गरेको छ ।

जिल्लामा क्षमता भन्दा बढी यात्रु बोक्ने,लाइसेन्स नभएका लगायत सवारी नियम उलङघन गर्नेहरुबाट जरीवाना बाफत ३ महिनामा २ लाख ५६ हजार राजश्व संङकलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी हबलदार हेम बहादुर कठायतले बताए । जरीवानाबाट उठेको रकम प्रत्येक महिनाको अन्तिममा राजश्वको खातामा जम्मा गर्ने गरेको उनको भनाइ छ ।

फोटो क्याप्सन ः हाइवे चेकिङमा ट्राफिक प्रहरी ।