२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

१३ वर्षीया बालिकामाथि यौन शोषण: असुरक्षित गर्भपतन गराउन खोज्दा मृत्युको मुखमा

१ जेष्ठ २०७६, बुधबार १०:२६

जेठ १, बाँके | नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियुमा उपचार भइरहेको छ । ती बालिकाले तीन महीनाको गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो । 

प्रहरी उपरीक्षक पौडेलले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट उद्धार गरी अस्पताल भर्ना गरेको बताउनुभयो । प्रहरीले गस्ती गर्ने क्रममा बालिकालाई रोइरहेको अवस्थामा फेला पारेको थियो ।  “बालिका र उनको परिवारसँग कुरा बुझ्दा बालिकाको अवस्था गम्भीर भएकाले तत्काल भेरी अस्पताल उपचारका लागि ल्यायौँ”, उहाँले भन्नुभयो । 

बालिकाले असुरक्षितरुपमा गर्भपतन गर्ने औषधि सेवन गराउँदा अत्यधिक रक्तश्राव भइरहेको छ । प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो, “भेरीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगेका हौँ । अहिले बालिका आइसियुमा छिन् । घटनाको गहन अनुसन्धान भइरहेको छ ।” १३ वर्षीय बालिका के कसरी गर्भवती भइन् र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । रगतको कमी भएकी बालिकालाई बचाउन यतिबेला सबैतिर रगतका लागि आग्रह गरिएको छ । ‘एबी’ नेगेटिभ रगत समूहकी ती बालिकालाई रगतदान गर्न प्रहरीले अनुरोधसमेत गरेको छ ।

अत्यधिक रक्तश्रावपछि उनको शरीरमा रगतको मात्रा कमी भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, उनको शरीरमा दुई दशमलव चार पिन्ट रगत मात्र रहेको छ । अत्यधिक रक्तश्राव भएपछि नेपालगञ्ज भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । भेरी अस्पतालमा उपचारार्थ बालिकाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य