Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बाग्लुङमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर, हेलिकप्टरबाट पोखरा ल्याइयो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कमल पौडेल | जेठ १, बागलुङ | मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका वडा नं. ६, ठूलावेसिमा मोटरसाइकलले ठक्करदिँदा एक वालक गम्भिर घाइते भएका छन् ।

सोहि गाउँपालिका वडा नं. ६ घ्वाँगका १३ वर्षिय अमृत थापालाई लु३१प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिएको हो। घाइतेको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखरा पुर्याई मनिपाल अस्पतालमा उपचार सुरु भएको घाइते संगै रहनुभएका वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले जानकारी दिनुभएको छ।

घाइते वालक अचेत रहेको र सिसियुमा राखेर उपचार चलिरहेको अस्पताल श्रोतले जनाएको छ। मोटरसाइकल चालक बडिगाड गाउँपालिका ५ का शिखर गिरिलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ ।

विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिनेक्रममा वच्चालाई लागेको प्रत्यक्षदर्शिले बताएका छन्।