२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सिसाखानीमा पानीको सङ्कट

२०७६, १ जेष्ठ बुधबार १२:०२

 जेठ १, बागलुङ । हिउँद लाग्यो कि बडिगाड गाउँपालिका–३ सिसाखानीवासीलाई पिरलो थपिन्छ । खोनेपानीको जोहोे कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ । बस्ती डाँडामा छ । नजीकमा पानीको मुहान छैन ।

भएका सामूहिक धारा गाउँको तल छन् । तिनमा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ । गृहिणीहरु डोकोमा गाग्री बोकेर धारामा धाउँछन् । घण्टौँ कुरेर खोनेपानीको जोहो गर्छन् । कष्ट व्यहोर्दै घर फर्कन्छन् । सिसाखानीमा खानेपानीको सङ्कट आजको भने होइन । वर्षौँदेखि गाउँलेले खानेपानीको समस्या झेल्दै आएको स्थानीयवासी शेरबहादुर श्रीसले बताउनुभयो । “पानी अभाव हुँदा खाना पकाउनदेखि शौचालय जानसम्मलाई समस्या छ”, उहाँले भन्नुभयो ।

खानेपानीको समस्याले वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत सार्वजनिकस्थल पनि प्रभावित छन् । माइन गाउँ, किम्ले, घोरलचिरे, भुसखाने डाँडा गुहेश्वरी र माझ गाउँमा खानेपानीको बढी समस्या छ । यही वर्ष सडक सञ्जाल पुगेको सिसाखानीमा अहिले मुख्य समस्याका रुपमा खानेपानी छ । “सडक आयो, अब हामीलाई खानेपानीको सुविधा चाहिएको छ,” स्थानीय सीता श्रीसले भन्नुभयो । खानेपानी अभावले गृहिणीको दैनिकी बढी कष्टकर बनेको उहाँको भनाइ छ ।

खानेपानी नहुँदा शिक्षक, विद्यार्थीले घरबाटै पिउने पानी लिएर आउनुपर्ने बाध्यता रहेको सिसाखानी माविका प्रधानध्यापक होमबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार पानी अभावमा विद्यालय परिसर र शौचालयको सरसफाइमा पनि समस्या निम्तने गरेको छ । वर्षामा खानेपानीको समस्या केही कम हुने गरे पनि सुख्खायाममा बढी अभाव झेल्नु परेको छ । सिसाखानीको अर्को दुर्गम बस्ती स्याहालामा पनि खानेपानीको चरम समस्या छ । 

खानेपानीको समस्या समाधानका लागि सङ्घीय र प्रदेश सरकारले बजेटमा सम्बोधन गर्नुपर्ने वडाध्यक्ष खड्ग पुनले बताउनुभयो । “सानो आयोजनाले गाउँभरिको माग धान्दैन”, उहाँले भन्नुभयो, “ठूलो बजेटको आयोजना चाहिन्छ ।” गाउँपालिका र प्रदेश सरकारको सहयोगमा खोलाको पानी बस्तीमा पु¥याउन ‘लिफ्््््््ट’ प्रविधिको आयोजना शुरु गरिएको उहाँको भनाइ छ । आगामी वर्ष सञ्चालनमा आउने उक्त आयोजनाले पनि सबै ठाउँमा खानेपानीको सुविधा नपुग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ