२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरीको ज्यान गएपछि न्याय माग्दै बुबा

२०७६, १ जेष्ठ बुधबार १५:२९

जेठ १, काठमाडौँ । सर्लाहीकी ५ वर्षीया  आकृतिकुमारी साहका बुबा रामप्रवेशले चिकित्सकको लापरवाहीका कारण छोरीको ज्यान गएको भन्दै उच्चस्तरीय छानबिन गरी न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ । 

गत वैशाख २३ गते गौरैता नगरपालिका–१० सिसौटियाकी आकृतिकुमारीको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको थियो । ‘ओ’ पोजेटिभ रगत भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत चढाएका कारण उनको मृत्यु भएको रामप्रवेशको आरोप छ । रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा उनले न्याय नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायमा धाउँदै आएको छु, न्याय पाउन सकेको छैन ।”

छोरीको शल्यक्रिया गर्नुपूर्व दुवै मिर्गाैला ठीक रहेको तर शल्यक्रियापछि दुवै मिर्गौलाले काम गर्न छोडेको रिपोर्ट चिकित्सकले देखाएको रामप्रवेशको आरोप छ । “यसबारे सत्यतथ्य छानबिन हुनुपर्छ”, उहाँले भन्नुभयो, “हारगुहार गर्दा पनि प्रहरीले उजुरी दर्ता मानेन ।” आकृतिको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ताद्वय डा सुरेन्द्र भण्डारी र डा नारायण घिमिरेले बालिका मृत्युका घटनामा लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ