2026-07-11 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा विराट कोटिहोम महायज्ञ शुरु, राष्ट्रियसभा अध्यक्षले गरे उद्घाटन

2019-05-16


विश्वकै अग्लो शिवपार्वतीको मुत्र्ति बनाउनको लागि बुधबारदेखि कुश्मामा  गुप्तेश्वर धार्मिक मेला शुरु भएको छ । भगवान शिव पार्वतीको क्रिडास्थल गुप्तेश्वर गुफाको प्रचारप्रसार र पार्वतीको जन्म गाउँ पाङलाई विश्वमा चिनाउनको लागि महायज्ञ लगाइएको हो । 

श्रीमदशिवपुराण सामुहिक तुलादान,गुप्तेश्वर विराट कोटिहोम तथा  गुप्तेश्वर धार्मिक मेलाको यहि जेठ ११ गतेसम्म संचालन हुनेछ ।

महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका छन् । उनले कालीगण्डकी नदीलाई धार्मिक नदीका रुपमा प्रचार गर्नुपर्ने बेला आएको बताए । पाङमा पार्वती माताको जन्म भएको तथ्य भएता पनि प्रचारप्रसारको अभावले ओझेलमा परेको भन्दै प्रचारप्रसारको लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताए ।

गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाका प्रनिश गरीले सिता माताको जन्म भएको जनकपुरधाम जसरी प्रचार भयो त्यहि अनुरुप पार्वती माताको जन्मथालोको प्रचार हुन नसकेको बताए । उनले धार्मिक पर्यटनको विकास गर्नको लागि नै महायज्ञको आयोजना गरेको बताए ।

जिल्लाको ऐतिहासक तथा धार्मिक महत्व बोकेको गुप्तेश्वर गुफाको प्रचारप्रसार, शिवपार्वतीको विशाल मुर्ति निर्माण र सिसी महल लगायतका भौतिक समाग्रीको निर्माणको लागि महायज्ञको आयोजना गरिएको उनले बताए । उनले मुक्तिनाथधाम, दामोदरकुण्डसम्मको सर्किटमा गुप्तेश्वर गुफालाई जोड्दै धार्मिक पर्यटनको विकास गर्न सबै लाग्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट