२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सार्वजनिक सुनुवाईमा निर्माण व्यवसायी नआउदा स्थानीय आक्रोशित

३ जेष्ठ २०७६, शुक्रबार १०:५१

चिसाङ शेर्पा, जेठ २, खोटाङ  । दिक्तेल–खोटाङबजार सडकखण्ड अन्तरगत तावा खोलामा बन्ने पक्की पुलको बारेमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा निर्माण व्यवसायी नै उपस्थित नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिम र दिपु्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्माको सिमाना तावा खोलामा पक्की पुल नहुंदा वर्षौदेखी शास्ती खेप्दै आएका स्थानीयहरु बल्ल पुल बन्ने भएपछि आयोजना गरिएको सार्वजनिक सुनुवाईमा पुलको ठेक्का पारेको निर्माण व्यवसायी उपस्थित नहुंदा स्थानीय, सरोकारवाला तथा जनप्रतिनिधिहरु आक्रोसित भएका हुन् ।


अब त्यहाँ ४० मिटर लम्बाईको स्टिल प्लेट ग्रर्डर पुल बन्ने भएको छ । पूर्वाधार विकास कार्यालय उदयपुर र निर्माण व्यवसायीबिच २०७५ बैशाख २१ गते सम्झौता भएपछि बुधबार पुल निर्माण हुने बारेमा गरिएको सार्वजनिक सुनुवाईमा नेशनल महाविर र सिद्धि साई जेभि निर्माण सेवाका तर्फबाट प्रतिनिधि उपस्थिती नहुंदा दुई गाउँपालिकाका स्थानीय, जनप्रतिनिधिहरु निर्माण व्यवसायीसँग आक्रोसित भएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । सम्झौता भएको वर्षदिन गुजारेर पूर्वाधार विकास कार्यालयले सार्वजनिक सुनुवाई गर्दा निर्माण व्यवसायीका तर्फबाट कोही पनि प्रतिनिधि उपस्थित नहुंदा पुल बन्ने विषयमा शंका पैदा भएको  अध्यक्ष राईले बताए ।

स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग र प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ५१ लाख ३५ हजार १९५ रुपैयाँ लागतमा बन्ने पुल २०७७ बैशाख २१ गते सम्पन्न हुनुपर्ने छ । सम्झौता भएर सार्वजनिक सुनुवाई गर्दा निर्माण व्यवसायीहरु जनता सामू आएर निर्धारित समयमा पुल बनाउने प्रतिबद्धता जनाउनुको सट्टामा उपस्थित नै नहुंदा स्थानीय जनताहरु आक्रोस र निराश भएका छन् । पम्प लिन इन्डिया आएकाले नभ्याएका कारण सार्वजनिक सुनुवाईमा जान नसकिएको र जनतासामू गएर भाषण गर्नुभन्दा काम गर्नु पहिलो विषय भएको नेशनल महाविर र सिद्धि साई जेभि निर्माण सेवाका प्रतिनिधि कर्ण खत्रीले बताए । दुईपटी पिल्लर र बिचमा फलाम राख्नुपर्ने भएकाले फलाम बनाउनका लागि कार्यालयले ड्रोइङ नदिएको र ड्रोइङ दिन निवेदन पेश गरेको उनले बताए ।

फलाम तयारीसँगै जेठभरीमा मात्तिमतर्फ पिल्लर बनाइ सकिने र असोज÷कात्र्तिकमा टेम्मातर्फ पिल्लर बनाईने छ । फागुन÷चैत्रमा फलाम जोडेर सम्झौता म्यादभित्र नै पुल निर्माण सकिनेमा कुनै शंका नभएको प्रतिनिधि खत्रीले बताएका छन् । साइड लिएको १५÷२० दिनमा निर्माण व्यवसायीले पिल्लरका लागि एउटा खाल्डो बनाउने काम गरिरहेको छ । खोलामा पक्की पुल नहुंदा दुबै गाउँपालिकाका स्थानीयहरुलाई दैनिक जनजीबन चलाउन समस्या भइरहेको छ । खोलामा पुल नभएकै कारण सोही खोलाले एकवटा यात्रुवहाक बस बगाएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य