२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

घुम्टेको काखमा घरबास शुरु

२०७६, ५ जेष्ठ आईतवार ०६:२४

 जेठ ५, गलकोट । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास (होमस्टे) शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो ।

घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान, बस्नको समस्या भएका कारण घरबासको अवधारणा ल्याइएको सामुदायिक घरबासले जनाएको छ । सिद्धथान सामुदायिक घरबासको अध्यक्ष खीम गलामीले भन्नुभयो, “पहिलो चरणमा सात घरबाट घरबासको सेवा प्रदान गर्न थालेका छौँ, पाहुनाको मागअनुसार क्षमतामा वृद्धि गर्ने योजना छ ।” 

मगर समुदायको बाहुल्यता रहेको पाण्डवखानीका रमणीयस्थल, कला संस्कृति, स्थानीय खानाका परिकारलगायतले पाहुनालाई आकर्षण गरिएको गलामीले बताउनुभयो । घरबासमा आउने पाहुनालाई स्वागत सत्कारसँगै फापरको परिकार, सिस्नो, मकै, भट्ट, गुन्द्रुक, आटोलगायतका परिकारको स्वाद चखाइने घरबासका सञ्चालक बताउँछन् । 

मगर समुदायमा प्रचलित सतीघाटु, यानीमाया, सोरठी, भैचै साइलोजस्ता मौलिक संस्कृतिले पाण्डवखानी आउने पर्यटकलाई थप स्मरणीय बनाउनेछ । यहाँका तामा तथा फलामखानीका सुरुङ, जैलुन, पञ्चधर, कुरिनलगायतका रमणीय स्थान पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्नेछन् । 

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरबासको पूर्वाधार निर्माणका लागि रु १० लाख अनुदान उपलब्ध गराएको घरबासका सञ्चालक हिमाल पुनले बताउनुभयो । पुनका अनुसार घरबासमा पहिलो चरणमा सातै घरमा तातो, चिसो पानीसहितको शौचालय र स्नान गृह निर्माण गर्न थालिएको छ । 

जिल्लाकै उच्च भागमा रहेको घुम्टेको धूरीमा रहेका सिद्धभैरव मन्दिर दर्शन तथा दर्जनौँ सेताम्मे हिमालसहितको दृश्यावलोकनका लागि पर्यटक घुम्टे पुग्ने गर्दछन् । घुम्टेमा चैत/वैशाखमा रातो र सेतो लालीगुराँसले पर्यटकलाई लोभ्याउने घुम्टेको काख पाण्डवखानीमा घरबास सञ्चालनमा ल्याइएको सञ्चालक कमला सारुमगरले बताउनुभयो । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिएकाले घुम्न आउने पर्यटकमा वृद्धि भएका कारण घरबासको आवश्यकता देखिएको हो ।

घुम्टेको चुचुरोमा मल्म, पाण्डवखानी, हिल र हरिचौर गरी चार नाकाबाट पुग्न सकिए पनि अधिकांशले पुरानो मार्ग पाण्डवखानी नै रोज्ने गरेका छन् । पाण्डवखानीबाट तीन घण्टाको पदल यात्रापछि घुम्टे पुगिन्छ ।  हाल घरबासमा एक रातमा ३५ बस्न सक्ने क्षमतामा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो