Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मौसम खराब भए बझाङ अध्यारो, निराशामा बझाङबासी

२०७६, ५ जेष्ठ आईतवार ०८:१०

सम्राट सिंह | जेठ ५, बझाङ | केन्द्रिय प्रसारण लाइनको बिजुली आउला र जिल्ला नै झिलिमिली होला भन्ने आशमा रहेका बझाङबासीमा मौसम खराब भए जाने बिजुली देखेर निराशा छाएको छ ।

जिल्लामा गत कार्तिक २१ गतेबाट प्रसारणमा ल्याएको ३३ केभि राष्ट्रिय प्रसारण लाइनको विद्युत सामान्य मौसम खराब हुँदा समेत बन्द हुने भएपछि जिल्लाबासीहरुमा निराशा छाएको हो । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा बाट बझाङका लागि ल्याइएको ३३ केभी राष्ट्रिय प्रसारण लाइन सामान्य हावा तथा पानी लाग्दा समेत बन्द हुने भएकाले बझाङबासी अन्धकारमा बस्न बाध्य छन ।

अब त राष्ट्रिय प्रसारण लाइनको विद्युत आयो उज्यालो देख्न पाइने भो भन्ने आश लागेको थियो जयपृथ्वी नगरपालिकाका डबल खडकाले भने फेरी पटक– पटक बिग्रिने,विद्युत संञ्चालन भएनि पावर नआउने, आइहाले पनि ३÷४ दिनको एक दिन बत्ती आउने समस्याले गर्दा जनतामा निराशा छाएको छ 

। सामान्य हावाहुरी र पानी आउँदा समेत विद्युत अवरुद्घ हुने भएकाले जिल्लाका उद्योगी तथा व्यापारीहरु पत्यक्ष मर्कामा परेका छन । सरकारी कार्यालयमा विद्युत नहुँदा सेवाग्राहीहरुले अनेकौ समस्याहरु झेल्नु परेको छ । जनताले विद्युत नहुँदा झेल्नु परेका समस्याहरु बारे भने यहाँका सरोकारवालाहरु मौन छन । 

जिल्लाको सदरमुकाम चैनपुरमा नै ३/४ दिनको एक पटक विद्युत आउन्छ भने दुर – दराजका गाउँघरको अवस्था के होला जयपृथ्वी नगरपालिका १० का राजेन्द्र उपाध्याय ले भने यहाँका जन प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुले पहल गरेर नियमित विद्युत प्रवाह गरी जनतालाई सेवा दिनुपर्छ । 

नेपाल विद्युत प्राधिकरणको बझाङ बितरण केन्द्रले जिल्लाको बागथलामा निर्माण हुन थालेको कालङगा हाइड्रो पावरलाई, सोही ठाउँका १ सय ५० घरधुरीलाई  र सदरमुकाम चैनपुरका ७ सय घरधुरीलाई लाई मात्र केन्द्रिय प्रसारण लाइनको विद्युत लाइन बितरण गरेको छ ।  

सव स्टेसन बिना १ सय १० किलोमिटर लामो दुरीबाट ल्याइएको प्रसारण लाइनमा पटक–पटक समस्या देखिने तथा पानी परेको बेला चट्याङले ३३ केभि पिन इन्सुलेटर पटकिने समस्याले गर्दा बत्ती बन्द हुने गरेको नेपाल विद्युत प्राधिकरण बझाङ बितरण केन्द्रका प्रमुख राकेश प्रसाद भट्टले बताए ।  जिल्लाको बागथला तथा चैनपुरमा सव स्टेसनहरु निर्माण हुने कार्य भइ रहेकोले केहि महिना भित्र बत्ती जाने समस्याबाट छुटकारा पाउने उनको भनाइ छ । 

राष्ट्रिय प्रसारण लाइन जिल्लामा आउनुभन्दा पहिला सुर्मा देवी विद्युत प्रालिले सेवा दिदै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश